ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इन्स्पेक्टरले एआईजीको छोरा कुटेपछि …


sharan sharan
चैत्र ८, २०७४ बिहीबार  १० : १३ बजे
प्रहरी निरिक्षक डिबी लिम्बु

काठमाण्डौ, ८ चैत्र । जनतालाई सुरक्षा दिने र मानव अधिकारको रक्षाका पक्षमा वकालत गर्ने नेपाल प्रहरीको अधिकारीहरु प्रहरी परिवारमै मानव अधिकारको पालना गर्दैनन् भने त्यस्ता प्रहरी अधिकारीबाट मानव अधिकारको कसरी अपेक्षा गर्ने ? कुरा काठमाण्डौको ठमेलको हो । मदिरा पिएर ट्याक्सी चालकसंग झगडा गरिरहेका एकजना प्रहरीका उच्च अधिकारीका छोरा प्रहरी अधिकारीबाटै गम्भिर घाईते हुने गरि कुटिएकाछन् ।
नेपाल प्रहरीका एआईजी कमल सिंह बमका छोरा शुभम बमलाई प्रहरी निरिक्षक सहितको टोलिले नाकको डांडी नै भांचिने गरि कुटपिट गरेकाछन् । ड्यूटीमा खटिएका प्रहरीलाई गालीगलौज र कुटपिट गरेको आरोपमा शुभम बम शुक्रबार राति ठमेलबाट पक्राउ परेका थिए । एआईजीका छोराको संलग्नता रहेको भन्दैे घटना सुरुमा प्रहरीले गुपचुप राखेको भएपनि एआईजी बमको परिवारले बुधवारमात्र घटनालाई सार्वजानीक गरेको छ । एआईजी बमकी धर्मपत्नी महिमा बममे प्रहरीले गलत सूचना दिएको भन्दै आपत्ति जनाएकी छिन् । महिमाका अनुसार शुभमले प्रहरीमाथि कुटपिट गरेको नभै प्रहरी निरिक्षक डिबी लिम्बु सहितको टोलिले शुभमलाई कुटेका हुन् ।
प्रहरी कुटाईबाट घाईते भएका शुभमले ट्याक्सी चालकसंग बिबाद गरिरहेका अवस्थामा प्रहरीले ट्याक्सी चालकको एकोहोरो कुरा सुनेर आफुलाई पक्राउ गरेको र कुटपिट गरेको बताएकाछन् । शुभमका अनुसार शुक्रबारका दिन उनी साथीहरुसंग ठमेल गएका थिए । राती अबेर सम्म मदिरा सेवन गरि घर फर्किने ट्याक्सी खोज्ने क्रममा चालकसंग उनको बिबाद भएको थियो । बालुवाटारबाट ४ सय ५० मा ठमेल आएका बमलाई फर्कदा ट्याक्सी चालकले १ हजार बढी भाडा मागेपछि उनको चालकसंग बिबाद भएको थियो । चलकसंग भाडामा बार्गेनिङ गरिरहेका बेला प्रहरीले मदिरा खाएर बाटोमा हल्ला गर्ने भन्दै आफुलाई बुटले हान्दै गाडीमा राखेको शुभमको भनाई छ ।
शुभमको नाक भांचिएको छ भने देब्रे आंखामुनि निलो दाग छ । कानको जरामा चोटलागेको र मुख सुन्निीने गरि प्रहरीले कुटपिट गरेपछि आफै ट्रम सेन्टरमा उपचार समेत गराएको थियो ।
बमकी आमा महिमाले भने मदिरा पिएको अवस्थामा पक्राउ गरेकोमा कुनै आपत्ति नभएको बताउंछिन् । मदिरा सेवन गरेको अभियोगमा मुद्दा चलाउन सकिन्थ्यो , सार्वजानीक अपराधमा जेल हाल्न सकिन्थ्यो विना कारण कुटपिट गर्ने र नाक भांच्ने अधिकार प्रहरीलाई कस्ले दियो ? महिमाको प्रश्न छ । ‘यदि मदिरा पिएको भनेर पक्राउ गरेको मात्र थियो भने म प्रहरीलाई धन्यवाद दिन्थे र छोरालाई दुई झापड आफै हान्थे ’ उनले भनिन् । हिरासतमा लिएको छोरालाई अनुहारमा चोट लाग्ने गरी पिट्ने अधिकार प्रहीलाई नभएको महिमाको भनाई छ ।
के भएको थियो ठमेलमा ?
९ जनाको समुहमा रहेका शुभम सहितको टोलिसंग एउटामात्र निजी गाडी थियो । त्यसमा नअटेपछि शुभम सहित ३ जना ट्याक्सी खोज्न ठमेल स्थित संचयकोष अगाडी पुगे । सञ्चयकोष अगाडि भेटिएको ट्याक्सीले १५ सय भन्यो । आउंदा ४ सयमा आएको र जांदा १४ र १५ सय भनेपछि रिस उठपछि ट्याक्सी चालकलाई गाली गरेको उनी बताउंछन् । त्यत्तीकैमा चालकले प्रहरी बोलाएको र प्रहरीले चालककै मात्र कुरा सुनेर आफुलाई कुटपिट गर्दै प्रहरी चौकी पु¥याएको शुभम भन्छन् । पक्राउ परेको बिषयमा घरमा खबर गर्न समेत नदिईएको भन्दै गाडीमा मात्र नभई चौकीमा समेत कुटपिट गरेको उनको भनाई छ । लिम्बुको आदेशमा गाडीभित्र प्रहरीले कुटेको र चौकी पुगेपछि लिम्बु आफैले प्रहरीको धाक लगाउने भन्दै कुटेको उनी बताउंछन् ।
छानबिन अन्तिम चरणमा
एआईजीकै छोरालाई गैरकानुनीरुपमा कुटपिट गरेपछि प्रहरीले छानविन टोलि गठन गरेको छ । यो घटनाबारे प्रहरीले आन्तरिक रुपमा छानबिन गरिरहेको छ र छानबिन अन्तिम चरणमा पुगेको जनाएको छ । दरबारमार्ग बृत्तका प्रमुख डीएसपी दानबहादुर मल्लले छानविन भै रहेको कुरा स्विकार गरेकाछन् । एबिसी न्युजसंग कुरा गर्दै डीएसपी मल्लले १२ बजे पछि लोकेशन क्लीयर गर्ने क्रममा शुभम नियन्त्रणमा आएको बताउंदै गल्ती दुबै पक्षबाट भएको बताए । उपत्यका प्रहरी र दरबारमार्ग बृत्त दुबै बाट छानबिन भएको भन्दै मल्लले आजै प्रतिबेदन प्रधानकार्यालय पठाउने जानकारी दिए ।
कहां गयो प्रहरीको मानव अधिकार ?
नेपाल प्रहरी मानव अधिकार र कानुनी शासन प्रति प्रतिबद्ध रहेको प्रहरीले बताउंदै आएको छ । तर प्रहरीका बेलाबेलामा देखिने क्रियाकलापले प्रहरीले भन्ने गरेको मानव अधिकारका कुरा गफै मात्र हो की भन्ने आशंका गर्ने स्थान समेत छाडेको देखिन्छ । अपत्यारिलो ईन्काउण्टर होस वा घटनास्थलमा प्रहरीले गर्ने कुटपिट, दुबै मानव अधिकारका दृष्टिकोणले गलत हुन् । प्रहरीको उच्च अधिकारीका परिवार त प्रहरीबाट सुरक्षित हुंदैनन् भने सर्वसाधारणमाथि प्रहरीको ब्यवहार कस्तो होला ? सहजै अनुमान लगाउन सकिन्छ । एआईजीको छोरा होस वा अन्य कसैको प्रहरीले पक्राउ गर्न सक्छ । पक्राउ परेपछि कानुन बमोजिम कारवाहि चलाउने पर्याप्त ठाउै हुंदा हुंदै कुटपिटमा उत्रीन प्रहरीलाई छुट दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

के दुवईको अन्त्य हो यो ?

सम्बन्धित

नेकपाको केन्द्रीय कमिटी बैठक नवस्दा सदस्य नै भुमिका विहिन बनेको गुनासो (भिडियोसहित)

जनकपुर अंचल आयुर्वेद औषधालयका कार्यालय प्रमुखकै मिलेमतोमा व्यापक अनियमितता (भिडियोसहित)

पाल्पा संग्राहलय : सामाग्री संरक्षण अभावमा अलपत्र बन्दै (भिडियोसहित)

नेपालमा सडक दुर्घटना हुनुका प्रमुख कारणमा सडकको प्राविधिक अवस्था, चालकको लापरवाही (भिडियोसहित)

बाँकेको आधुनिक बसपार्क सम्पन्न नहुँदा यात्रुदेखि स्थानीयसम्मलाई सास्ती ( भिडियाेसहित)

रुपन्देहीको बेलबासबाट चरेस पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com