ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीनकुनेमा राजावादी समूह र प्रहरीबीच झडप


एबीसी न्यूज

काठमाडौं १५ चैत । काठमाण्डौमा आज दुई वटा छुट्टाछुट्टै प्रदर्शन भएको छ । राजावादी समूहले तीनकुनेमा र गणतन्त्रवादीले भृकुटीमण्डपमा प्रदर्शनसहित सभा गरेका छन् ।

तीनकुनेमा राजावादी समूहसँग प्रहरीको धकेलाधकेल भएको छ । उनीहरूले निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरतर्फ अघि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । राजावादी समर्थकले निषेधित क्षेत्र तोड्न खोजेपछि केहीलाई प्रहरीले पक्राउसमेत गरेको छ ।

प्रहरीले पानीको फोहोरा, अश्रुग्यास प्रहार र हवाई फायरसमेत गरेपछि प्रदर्शन प्रभावित भएको छ । सुरक्षाकर्मीले प्रदर्शनकारीलाई तीनकुने पुलबाट बानेश्वरतर्फ प्रवेश गर्न दिएका छैनन् । तीनकुनेमा प्रदर्शनकारीले व्यक्तिका घरमा ढुङ्गा हानेर सिसा फुटाउँदै आगो लगाइदिएका छन् ।

नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले दुर्गा प्रसाईंसँग मिलेर प्रदर्शन गरेको हो ।

त्यस्तै भृकुटीमण्डपमा गणतन्त्रवादीको सभा भइरहेको छ । सभाअघि गणतन्त्रवादीले सुन्धाराबाट र्‍याली निकालेका थिए । र्‍यालीमा मोर्चामा आबद्ध नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०, नेकपा र नेपाल समाजवादी पार्टी ९नेसपा० का नेतारकार्यकर्ता सहभागी थिए । सभालाई पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, नेत्रविक्रम चन्द ‘विप्लव’ र महिन्द्रराय यादवले सम्बोधन गर्ने भएका छन् ।

आजको प्रदर्शनका कारण नागरिकले सास्ती पाएका छन् । काठमाण्डौमा सुरक्षा व्यवस्था कडा छ । प्रदर्शन र सभा भइरहेका क्षेत्र तीनकुने, बानेश्वर, माइतीघर, भृकुटीमण्डपलगायतका क्षेत्रमा गाडी चल्न सकेका छैनन् । अरू ठाउँमा भने अवस्था सामान्य नै रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com