ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाण्डौका सडकमा गाडी आवतजावत सामान्य, ठाउँठाउँबाट जुलुस निकाल्ने तयारी


एबीसी न्यूज
चैत्र १५, २०८१ शुक्रबार   ९ : ५३   बजे

काठमाडौं १५ चैत । काठमाण्डौ उपत्यकाका सडकमा बिहानपख गाडीको आवतजावत सामान्य छ । बिहानपख कहीँ कतै अवरोध नभएको ट्राफिक प्रहरीले जनाएको छ । तर दिउँसो १२ बजेपछि ठाउँठाउँबाट जुलुस निकाल्ने तयारी भएकाले सडकमा अवरोध हुन सक्ने सम्भावना छ ।

आज समाजवादी मोर्चा र राजावादीहरुको छुट्टाछुट्टै प्रदर्शन गर्न लागेका छन् । काठमाण्डौ प्रशासनले मोर्चालाई भृकुटीमण्डप र राजवादीलाई तीनकुनेमा सभा गर्न अनुमति दिएको छ ।

बिहान एसईई भएकाले दिउँसो १२ बजेपछि मात्रै प्रदर्शन गर्ने दुवै समूहको तयारी छ । समाजवादी मोर्चाले मध्याह्न १२ बजेदेखि र्‍याली शुरू गर्ने र १ बजे भृकुटीमण्डपमा सभा गर्ने जनाएको छ । मोर्चामा आबद्ध दलले छुट्टाछुट्टै ठाउँबाट र्‍याली निकाल्दैछन् ।

माओवादी केन्द्रले माइतीघर, कुपन्डोल र त्रिपुरेश्वरबाट तथा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सुन्धाराबाट र्‍याली निकाल्दैछ । नेपाल समाजवादी पार्टीले न्युरोड गेटबाट र एकीकृत समाजवादीले शान्तिबाटिका र मैतीदेवीबाट र्‍याली निकाल्ने तयारी गरेका छन् ।

चारवटै दलले फरक–फरक ठाउँबाट निकालेको र्‍याली भृकुटीमण्डपमा पुगेर दिउँसो १ बजे सभा शुरू हुने नेताहरुले बताएका छन् ।

यस्तै राजावादीहरुले सिनामंगल र भक्तपुरबाट र्‍याली निकालेर तीनकुनेमा सभा गर्ने तयारी छ । दुई समूहले ठाउँठाउँमा प्रदर्शन र सभा गर्ने भएकाले काठमाण्डौको ट्राफिक व्यवस्थापन चुनौती हुने देखिएको छ ।

राजावादीहरुको जुलुस चक्रपथभित्र प्रवेश गर्न नदिने र समाजवादी मोर्चाको जुलुसलाई चक्रपथभित्र केन्द्रित गर्ने गरी सुरक्षा रणनीति बनाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group