ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजावादी र गणतन्त्रवादीका दुवै प्रदर्शनमा रास्वपा सहभागी नहुने


एबीसी न्यूज
चैत्र १४, २०८१ बिहीबार   ७ : ३२   बजे

काठमाडौं १४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले भोलि काठमाडौंमा हुने दुवै पक्षको प्रदर्शनमा आफ्नो पार्टीको सहभागिता नहुने जानकारी गराएको छ ।

पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले अनलाइनखबरसँग कुराकानी गर्दै गणतन्त्र पक्षधर र राजावादीहरू दुवैको प्रदर्शनमा पार्टीको कुनै सहभागिता नहुने बताएका हुन् ।

वर्तमान सरकारको विरोधमा हुने जुनसुकै शान्तिपूर्ण कार्यक्रमहरूमा आफ्नो पार्टीको नेतृत्व, सहभागिता र ऐक्यबद्धता हुने भए पनि भोलिका दुवै प्रदर्शन सरकार विरोधी भन्दा पनि व्यवस्थाको पक्ष र विपक्षमा भएकाले आफ्नो पार्टी सरिक नहुने रास्वपाको तर्क छ ।

‘भ्रष्टाचारी जोगाउने र बिचौलिया पोस्ने जगमा बनेको यस सरकारको विरोधमा गरिने शान्तिपूर्ण कार्यक्रमहरूमा रास्वपाको नेतृत्व, सहभागिता एवं ऐक्यबद्धता रहनेछ भनेका छौं, तर भोलि हुने दुवै प्रदर्शन त सुशासनको मुद्दामा छैन,’ झाले भने, ‘एकतर्फले व्यवस्था ठिक छैन र अर्कोले व्यवस्था ठिक छ भनेका छन् । त्यसकारण भोलिको प्रदर्शनमा हामीले भने अनुसारको एजेन्डा नरहेको हुनाले हाम्रो सहभागिता रहने छैन ।’

यसअघि गत १२ चैतमा रास्वपाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई पदमुक्त गरेको विरोधमा विज्ञप्ति जारी गर्दै सरकार विरोधी शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुने बताएको थियो ।

‘भ्रष्टाचारी जोगाउने र बिचौलिया पोस्ने जगमा बनेको यस सरकारको विरोधमा गरिने शान्तिपूर्ण कार्यक्रमहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व, सहभागिता एवं ऐक्यबद्धता हुनेछ,’ रास्वपाले भनेको थियो ।

यसको अर्थ व्यवस्थाका विरोधमा हुने प्रदर्शनमा आफ्नो पार्टीको सहभागीता हुने नभनिएको काबा प्रवक्ता झाले बताए ।

‘सरकारको औचित्य नै समाप्त भइसक्यो । सरकार यो गठबन्धन सात महिना अघि सात बुँदे सम्झौताकै आधारमा अरुले हो हो भनेको मात्रै हो,’ उनले भने, ‘यो सँग सम्बन्धित आठ महिना नबित्दा केही डेलिभरी नहुँदा औचित्यमा प्रश्न उठिसकेको छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group