ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजस्व चुहावट गरेको आरोपमा पर्साका २ कम्पनीविरुद्ध मुद्दा दायर


एबीसी न्यूज

काठमाडौं १४ चैत । पर्साको पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले पाँच करोड सात लाख ९४ हजार ९८२ राजस्व चुहावटको माग दाबीसहित दुईवटा कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ।
राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माका अनुसार बुधबार अमायरा वस्त्रालयका सञ्चालक चन्दन गुप्ता र शिवशान्ति कन्स्ट्रक्सनका सञ्चालक सञ्जयकुमार कुर्मीको कम्पनीले राजस्व चुहावटको कसुर गरेको मागदाबीसहित उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा अभियोगपत्र दायर गरेको हो
अमायरा वस्त्रालयका सञ्चालक जितपुर सिमरा उपमहानगर–७ का चन्दन गुप्ताले विजक नै जारी नगरी गलत विवरण बुझाई कपडाको कारोबार गरी राजस्व चुहावटको कसुर गरेको हुँदा कपडाको आयकरतर्फ एक करोड ६५ लाख ६० हजार पाँच सय ९३ र मूल्यअभिवृद्धि करतर्फ ५८ लाख ३७ हजार छ सय ८३ गरी कूल दुई करोड २३ लाख ९८ हजार दुई सय ७६ बिगो कायम गरिएको जानकारी दिए।

उक्त कार्यालयले सञ्चालक गुप्तालाई राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, २०५२ को दफा २३ ९१० बमोजिम बिगो असुलउपर गरी बिगोको शतप्रतिशत जरिवाना गरी हुन आउने चार करोड ४७ लाख ९६ हजार पाँच सय ५३ र कैद सजाय हुन मागदाबी लिई अभियोगपत्र दर्ता गरेको हो।

यसैगरी वीरगञ्ज महानगर–१६ का सञ्जयकुमार कुर्मीले शिव शन्ति कन्स्ट्रक्सनले दोहोरो रसिदमार्फत कारोबार गरेर राजस्व चुहावट गरेको कसुरमा बिगोतर्फ १९ लाख ६० हजार १५१ र मूल्यअभिवृद्धिकरतर्फ बिगो १० लाख ३९ हजार ६३ गरी २९ लाख ९९ हजार २१४ को शतप्रतिशत जरिवाना गरी ५९ लाख ९८ हजार चार सय २८ र कैद सजाय हुन मागदाबी लिई अभियोगपत्र दर्ता गरेको छ।

अस्थायी इजलासमा हालसम्म राजस्व चुहावटसम्बन्धी ११ वटा र विदेशी विनियम अपचलनसम्बन्धी आठ वटा मुद्दा दर्ता भएका छन्। रासस

थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com