ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पले कारमा लगाए २५ प्रतिशत भन्सार, बढ्यो व्यापार युद्धको खतरा


एबीसी न्यूज
चैत्र १४, २०८१ बिहीबार  ८ : ०० बजे

काठमाडौं १४ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करसम्बन्धी नयाँ घोषणा गरेका छन्। यसअनुसार अब अमेरिका आउने कार र कारका पार्टपुर्जामा २५ प्रतिशत भन्सार लाग्नेछ।

ट्रम्पको यो कदमले विश्वव्यापी व्यापार युद्ध सुरु हुने सम्भावना बढाएको बीबीसीले जनाएको छ। ट्रम्पले नयाँ कर अप्रिल २ देखि लागू हुने बताएका छन्। कारका पार्टपुर्जामा लगाइने भन्सार महसुल भने मे महिना वा यसपछि सुरु हुनेछ।

राष्ट्रपति ट्रम्पले आफ्नो कदमले कार उद्योगमा ुठूलो वृद्धिु हुने दाबी गरेका छन्। उनले यो कदमले अमेरिकामा रोजगारी र लगानी पनि बढाउने विश्वास व्यक्त गरेका छन्।

विज्ञहरू के भन्छन्रु

तर, यस विषयमा विज्ञहरूको राय फरक छ।

ट्रम्पको कदमले अमेरिकामा उल्लेखनीय कार उत्पादन अस्थायी रूपमा रोक्न सक्छ, मूल्य बढाउन सक्छ र सहयोगी देशहरूसँगको सम्बन्धमा तनाव उत्पन्न गर्न सक्छ भन्ने विज्ञहरूलाई लागेको छ।

संयुक्त राज्य अमेरिकाले गत वर्ष लगभग ८० लाखवटँ कार आयात गरेको थियो, जुन लगभग २४० अर्ब डलर बराबरको व्यापार थियो।

अमेरिकामा कार पठाउनेमा मेक्सिको सबैभन्दा अगाडि छ। यसपछि दक्षिण कोरिया, जापान, क्यानडा र जर्मनी पर्छन्।

ट्रम्पको नयाँ कदमले विश्वव्यापी कार व्यापार र यसको आपूर्ति शृंखलालाई असर गर्ने खतरा छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

स्वास्थ्य बीमा ‘राष्ट्रिय गौरव’को बहस : गगन थापाको घोषणा, सम्भावना र चुनौती

सम्बन्धित

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

बागलुङमा २ क्षेत्रको चुनावी मैदान: कसको अवस्था कस्तो छ त ?

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

इजरायली विनाशपछि दक्षिणी गाउँहरूको पुनर्निर्माण गर्ने लेबनानी प्रधानमन्त्रीको घोषणा

कांग्रेसको ‘होम ड्यूटी’ रणनीति: ‘जहाँ जिम्मेवारी, त्यहीँ खटिने’

स्वास्थ्य बीमा ‘राष्ट्रिय गौरव’को बहस : गगन थापाको घोषणा, सम्भावना र चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com