ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छानबिन प्रतिवेदन सार्वजनिक गर्दै बालेनले लेखे, गलत भए मलाई जेल हाल


एबीसी न्यूज

काठमाडौं १२ चैत । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ ले ‘कानुन मिच्ने भ्रष्टाचारी’लाई सरकारले संरक्षण गरिरहेको आरोप लगाएका छन्।

मेयर बालेनले मंगलबार चैत १२ गते महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्ध छानबिन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक गर्दै सरकारविरुद्ध उक्त आरोप लगाएका हुन्।
उक्त कुरा कुरा गलत भए आफूलाई जेल हाल्न उनले सरकारलाई चुनौतीसमेत दिएका छन्।
‘यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार अनि हामी सुशासनको कुराचाहिँ भाषणमा सुन्नुपर्ने’, बालेनले लेखेका छन्, ‘माथिको कुरा गलत भए मलाइ जेल हाल।’ अवैधानिक रूपमा काठमाडौँ टावरको नक्सापास गरेको आरोप लगाउँदै गुरागाईंलाई मेयर बालेनले निलम्बन गरेका थिए।

गुरागाईंबारे छानबिन गर्न २०८१ पुस १४ गते महानगर प्रमुखस्तरीय निर्णय गरिएको थियो। यसअनुसार पुस १६ गते कानुनी सल्लाहकार शेखरप्रसाद पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो। जसलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको थियो।

तर पौडेलले कानुनी सल्लाहकारबाटै राजीनामा दिएपछि छानबिन समिति अलपत्र परेको थियो। त्यसपछि मेयर बालेनका सल्लाहकार एवं नेपाल सरकारका पूर्वसचिव शंकर पाण्डेको संयोजकत्वमा अर्को छानबिन समिति गठन गरिएको थियो।

समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउन समयसीमा तोकिएको थियो। समितिले समय अपुग भयो भनेपछि १० दिनको समय थपिएको थियो। तर प्रतिवेदन तयार पूरा गर्न बाँकी रहेको भन्दै समितिले फेरि थप समय मागेको थियो।

तर समय थप्न अस्वीकार गर्दै बालेनले ३ जना विभागीय प्रमुखलाई प्रतिवेदन तयार पार्न लगाएका थिए। त्यही प्रतिवेदन उनले मंगलबार सार्वजनिक गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com