ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राहुल गान्धीसँग बेलायती नागरिकता पनि रहेको आरोप, जोखिममा सांसद पद


एबीसी न्यूज

काठमाडौं ११ चैत । इलाहाबाद उच्च अदालतको लखनऊ बेन्चले कंग्रेस सांसद तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीको दोहोरो नागरिकताको मुद्दामा निर्णय लिन केन्द्रीय गृह मन्त्रालयलाई चार हप्ताको समय दिएको छ।

हिन्दुस्तानका अनुसार मन्त्रालयले यस मुद्दामा आठ हप्ताको म्याद माग गरे पनि अदालतले चार हप्ताभित्र यसबारे निर्णय गर्न भनेको हो।

राहुल गान्धीसँग बेलायती नागरिकता पनि रहेको आरोप लागेको हो। यस विषयमा एक जनहित याचिका दायर गरिएको छ, जुन उच्च अदालतमा सुनुवाइ भइरहेको छ।

डिसेम्बर १९ मा भएको पछिल्लो सुनुवाइमा उच्च अदालतले केन्द्र सरकारलाई कारबाहीको विवरण मार्च २४ मा अदालतमा पेस गर्न निर्देशन दिएको थियो, तर केन्द्र सरकारले त्यसो गर्न सकेन।

२०२४ जुलाई १ मा कर्नाटकका भाजपा नेता तथा वकिल एस विग्नेश शिशिरले इलाहाबाद उच्च अदालतमा राहुल गान्धीसँग बेलायती नागरिकता पनि रहेको आरोप लगाउँदै निवेदन दायर गरेका थिए। निवेदनमा उनले भारतीय नागरिकता ऐन, १९५५ को धारा ९ ९२० अन्तर्गत राहुल गान्धीको भारतीय नागरिकता रद्द गर्न पनि माग गरेका छन्।
निवेदनमा उनले आफ्नो बेलायती नागरिकता लुकाएर रायबरेलीबाट चुनाव लडेको उल्लेख गरिएको छ। त्यसैले उनको चुनाव पनि रद्द गरिनुपर्ने माग निवेदकले गरेका छन्। यो प्रमाणित भयो भने राहुल गान्धीले सांसद पदसमेत जान सक्छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com