ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँकेमा ट्यांकरको ठक्करबाट दुई बालकको मृत्यु, स्थानीयले जलाए चौकी र गाडी


एबीसी न्यूज

काठमाडौं १० चैत । बाँकेको डुडुवा गाउँपालिका–२, वेतहनीमा पानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको मृत्यु भएको छ।

विद्यालयबाट घर फर्किंदै गरेका दुई बालकलाई ट्यांकरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताए।

वेतहनीको नौरीगौडी एकेडेमीमा एलकेजीमा अध्ययनरत बालक विशाल गोडिया र शिवकुमार गोडियालाई भे १ ख ४१०७ नम्बरको ट्यांकरले ठक्कर दिएको एसपी कार्कीले बताए।

घटनापछि बेतहनी क्षेत्र तनावग्रस्त बनेको छ। आक्रोशित स्थानीयले ट्यांकर र वेतहनी प्रहरी चौकीमा आगजनी गरेका छन्। आगजनीबाट प्रहरी चौकीको केही भाग र ग्यारेज पूर्णरूपमा जलेको छ।

ठक्कर दिने ट्यांकर पनि स्थानीयले जलाइदिएका छन्। ट्यांकर चालकलाई प्रहरीले पक्राउ गरेर चौकीमा लगेपछि स्थानीयले चौकीमै आक्रमण गरेका हुन्। प्रहरीले ट्यांकर चालकलाई जोगाएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको छ।

आक्रोशित स्थानीयलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र केही राउन्ड हवाई फायरसमेत गरेको छ। केहीबेर प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो।

दुवै बालकको शव घटनास्थलमै छ। आफन्तले बुझ्न मानेका छैनन्। प्रदर्शन जारी छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com