ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनमत र नागरिक उन्मुक्तिबीच एकता हुँदै: रेशम संरक्षक, सीके अध्यक्ष


एबीसी न्यूज
चैत्र ८, २०८१ शुक्रबार   ८ : ५२   बजे

काठमाडौ ८ चैत । संसदमा छैटौँ ठूलो दल बन्नेगरी जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता हुने भएको छ। एकता प्रक्रिया अन्तिम चरणमा पुगेको नेताहरूले बताएका छन्।

दुई पार्टी एक हुँदा उसको पहुँच मधेस प्रदेशदेखि सुदूरपश्चिमसम्म विस्तार हुनेछ। मधेसमा त प्रभावशाली दल नै बन्ने छ।

दुवै पार्टीनिकट शीर्ष तहका नेताले नेपालखबरलाई दिएको जानकारी अनुसार एकीकृत पार्टीको संरक्षक रेशम चौधरी हुनेछन्।

यस्तै, अध्यक्षमा सीके राउत रहने छन्। सहअध्यक्षमा रञ्जिता श्रेष्ठ रहने निश्चित भइसकेको छ। यद्यपि, सहअध्यक्ष राख्ने वा अध्यक्षमण्डल राख्ने भन्ने निर्क्यौल भने दुवै पार्टीले गठन गर्ने कार्यदलले टुंगो लगाउने छ।

२०७५ सालमा गठन भएको राउत नेतृत्वको जनमत र डिल्लीबजार कारागारमै छँदा रेशम चौधरीले २०७८ सालमा श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा गठन गरेको नाउपाबीच छिट्टै एकता गर्ने तय भएको छ।

प्रतिनिधि सभामा जनमत पार्टीका ६ सांसद छन्। यस्तै, नाउपाका ४ जना छन्।

‘एकता गर्ने निश्चित भएको छ,’ नाउपाको संरक्षक रहेका रेशम चौधरीले नेपालखबरसँग भने, ‘भोलि र पर्सि हाम्रो पार्टीको केन्द्रीय समितिको बैठक राखेका छौँ, त्यसले कार्यदल बन्छ। दुवै पार्टीको कार्यदल बसेर छलफल हुन्छ अनि एकताको टुंगो लाग्छ।’

‘कार्यदले एउटा रिपोर्ट बुझाउला, एउटै बैठकले फाइनल नहोला,’ उनले थपे, एकता घोषणा गर्दा सबै कुरा मिलाएर मात्र गर्छौँ। पार्टीको नाम, झण्डा, चुनाव चिह्न सबै टुंगो लाग्छ, एकतापछि कुनै कुरा नल्याउने, ताकि विवाद नहोस्।’

जनमत पार्टीका एक पदाधिकारीले मुख्य कुरामा सहमति जुटिसकेको बताए।

‘पार्टीको नाम जनमत पार्टी राख्ने, अध्यक्षमा डा। सीके राउत, संरक्षक रेशम चौधरी रहने, सहअध्यक्ष रञ्जिता श्रेष्ठ र चुनाव चिह्न ढकिया राख्ने कुरामा सहमति भइसकेको छ,’ ती पदाधिकारीले भने, ‘पदाधिकारी संख्या पछि टुंगो लगाउने भन्ने छ।’

यसअघि अध्यक्ष मण्डल राखेका दलहरूले पार्टी चलाउन नसकेकाले सीके राउतले अध्यक्ष मण्डल राख्न नचाहेको उनी बताउँछन्।

आफूहरूले उपाध्यक्ष अब्दुल खान, प्रवक्ता शरद सिंह र केन्द्रीय सचिव बालगोविन्द चौधरी सदस्य रहेको वार्ता कमिटी गठन गरिसकेको राष्ट्रिय सचिव बीपी साहले बताए।

‘नागरिकको केन्द्रीय समितिबाट निर्णय भएपछि हाम्रो अरु प्रक्रिया अगाडि बढ्छ,’ साहले भने।

नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले एकता हुन लागेको बताइन्। एकतापछिको नेतृत्वको विषयमा कुनै विवाद नहुने उनको भनाइ छ।

‘एकता छिट्टै हुन्छ,’ उनले भनिन्, ‘सहकार्य गरेर जाँदा हामीभन्दा धेरै सांसद भएको पार्टीको अध्यक्ष सीकेजी हुनुहुन्छ। कतिपय कुरामा सहमति नगरी हुँदैन, पार्टीको चुनाव चिह्नदेखि बसेर सबै कुरामा छलफल गर्दा मिलेर जाँदैछौँ।’

नाउपाका संरक्षक चौधरी आफैँ एकताका लागि छलफलमा थिए। दुई महिनाभन्दा बढी समयदेखि जनमतसँग उनको पटकपटक छलफल भएको थियो।

‘आज बिहान पनि हाम्रो दल र संरक्षकज्यूसँग छलफल भएको थियो,’ श्रेष्ठले भनिन्, ‘हामीले सबै निर्णय गर्ने जिम्मा रेशम चौधरीजीलाई दिएका छौँ। किनभने नागरिक उन्मुक्ति पार्टी जन्माउनु भएको उहाँले नै हो।’

स्वतन्त्र मधेस अभियान चलाइरहेका राउतले २०७५ चैत ५ गते आफ्नै नेतृत्वमा सिरहाको लहानबाट जनमत पार्टी गठन गरेका थिए।

यस्तै, २०७८ पुस १९ गते नागरिक उन्मुक्ति पार्टी गठन भएको हो। जुनबेला चौधरी टीकापुर काण्डका प्रमुख आरोपितका रूपमा जेलमै थिए।

पार्टी गठन गरेको एक वर्षमै नाउपाले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४ सांसद जितेको थियो।

उता जनमत पार्टी त प्रतिनिधि सभामा राष्ट्रिय पार्टी नै बनेको छ। प्रत्यक्षमा राउतले जितेका थिए। बाँकी ५ सांसद समानुपातिकतर्फका हुन्। मधेस प्रदेश सभामा जनमतका १३ सांसद छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group