ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै


एबीसी न्यूज
चैत्र ८, २०८१ शुक्रबार  ८ : ४६ बजे

काठमाडौ ८ चैत । नेपाली राष्ट्रिय फुटबल टोलीले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । सिंगापुर नेसनल स्टेडियममा हुने खेल नेपाली समयअनुसार आज बेलुका सवा ६ बजे शुरू हुनेछ ।

नेपाल पाँच महिनापछि अन्तर्राष्ट्रिय फुटबलमा फर्केको छ । नयाँ प्रशिक्षक म्याट रोस नियुक्त भएपछि नेपालको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो । नेपाली टोली किरण चेम्जोङको कप्तानीमा छ । नेपालले ३६ वर्षपछि सिंगापुरसँग फुटबल खेल खेल्न लागेको हो ।

यसअघि पछिल्लो पटक सन् १९८९ मा फिफा विश्वकप छनोटअन्तर्गत नेपाल र सिंगापुरबीच खेल भएको थियो । नेपाल र सिंगापुरले अहिलेसम्म चार पटक खेल्दा तीन खेलमा नेपाल पराजित भएको थियो भने एक खेल बराबरी भएको थियो ।

सिंगापुरसँगको खेलमा नेपालले अहिलेसम्म गोल फर्काउन सकेको छैन । फिफा वरियतामा नेपालभन्दा सिंगापुर १५ स्थान माथि छ । सिंगापुर १६०औं स्थानमा छ भने नेपाल १७५औं स्थानमा छ ।

एएफसी एशियन कप छनोटअन्तर्गत मलेसियासँग समूह चरणको पहिलो खेल खेल्नुअघि नेपालले तयारी स्वरुप सिंगापुरसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

सन् २०२७ मा साउदी अरेबियामा हुने एशियन कपको अन्तिम चरणको छनोट यही मार्च २५ देखि शुरू हुँदैछ ।

एशियन कप छनोटको तेस्रो तथा अन्तिम चरणमा एशियाका २४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । नेपाल र मलेसियासहित भियतनाम र लाओस समूह एफमा छन् ।

होम एण्ड अवेका आधारमा हुने यस छनोटपछि प्रत्येक समूहको शीर्ष स्थानमा रहने टोली २०२७ मा हुने एशियन कपमा छनोट हुनेछन् । एशियन कपका लागि १८ टोली यसअघि नै छनोट भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

सम्बन्धित

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ओली झापा पुगे, बालेन काठमाडौंमा रणनीति बुन्न फर्के

दुर्गा प्रसाईं फेरि पक्राउ

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com