ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सक्रिय राजतन्त्रको पालामा नेपालको चुच्चे नक्सा बुच्चे भयो – सांसद पन्त


एबीसी न्यूज

काठमाडौं ३ चैत । सरकारको नेतृत्व गरिरहेको एमालेका सांसद रघुजी पन्तले सक्रिय राजनन्त्रका पालामा नेपालको चुच्चे नक्सा गायब पारिएको र लोकतन्त्र हराएको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद पन्तले लोकतन्त्रको पक्षमा बोल्नेहरूलाई राजतन्त्रले जेलमा हालेर लोकतन्त्र मासेको बताए ।

राजा महेन्द्र शाहको पालामा नेपालको चुच्चे नक्सा गायब पारिएको पन्तले बताए । नेपालमा गणतन्त्र आएपछि राजतन्त्रका पालामा हराएको चुच्चे नक्सा खोजेर पुनर्स्थापित गरिएको उनको भनाइ थियो ।
यो संसद्‌बाट केही अगाडि एकमतले चुच्चे नक्सा छाप्यौं । वि। सं। २०१२ सालमा छापेको नेपालको हुलाक टिकटमा चुच्चे नक्सा छ । २०१७ सालपछि पञ्चायतको अवधिमा त्यो चुच्चे नक्सालाई कसले बुच्चे बनायो रु जवाफ चाहियो । कहाँ हरायो र किन हरायो त्यो चुच्चे नक्सा रु त्यसको जवाफ दिनुपर्दैन रु अनि यो संसद्ले, गणतन्त्र आएपछिको संसद्ले आफ्नो पुरानो नक्सा खोज्यो र त्यसलाई पुनर्स्थापित गर्‍यो । अनि यो राष्ट्रियता कमजोर भएको हुन्छ ? सांसद पन्तले भने, राजा महेन्द्रको पालामा, सक्रिय राजतन्त्रको पालामा नेपालको चुच्चे नक्सा हरायो र लोकतन्त्र पनि हरायो । २०१७ सालको काण्ड गरेर सबै नेताहरूलाई प्रवाशमा पठाइयो, दशौं वर्ष जेलमा हालियो ।

पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा निकालिएको जुलुसमा प्रदर्शन गरिएका प्लेकार्डलाई लिएर पनि सांसद पन्तले प्रश्न गरे । उनले राप्रपा लगायत राजावादीका क्रियाकलापबारे भने, तपाईंहरू राजावादी भनेर जुलुस निकाल्नुहुन्छ । त्यहाँ सबैभन्दा तल देश, देशभन्दा माथि नरेश, नरेशभन्दा माथि योगी र उत्तरप्रदेश, यै हो देशभक्ति रु देशभक्तिको नमूना यै हो ?

अहिलेको संविधानले राजतन्त्र नचिन्ने सांसद पन्तको भनाइ थियो । राजतन्त्र इतिहासको विषय भइकेको बताउँदै उनले संसारमा धेरै राजतन्त्र इतिहासको विषय भएका बताए । अब पुनःस्थापना भन्नेहरूलाई सोधौं न, किन शाह वंशकै राजतन्त्र चाहियो रु यो भन्दा अघिको मल्ल वंश नल्याउने तिनको पनि हक लाग्ला । त्योभन्दा अगाडिका लिच्छबी र किराँत किन नल्याउने रु त्यो भन्दा अघिका गोपालवंशी र महिशपाल वंशले किन पुनःस्थापनाको कुरा नगर्ने रु कुन राजतन्त्रको कुरा रु संसारको इतिहासमा थुप्रै राजतन्त्र आउँछन्, जान्छन् यो समयको प्रवाह हो । गणतन्त्र आजको युगको सत्य हो,’ उनले भने ।

नेपालमा ज्ञानेन्द्र शाहले संवैधानिक राजतन्त्र उल्ट्याएको पनि पन्तले स्मरण गराए । ुहामीले २०४६ मा मानेको संवैधानिक राजतन्त्र कसले उल्ट्यायो रु त्यो उल्ट्याएको राजा ज्ञानेन्द्रले असोज १८ र माघ १९ गरेर होइन रु अनि राजतन्त्र के को लागि चाहिएको रु त्यसैको लागि रु,ु राजपरिवारका व्यक्तिले गरेका क्रियाकलापबारे पन्तले थपे, ुदसैं र तिहारमा लुकेर पारस शाहलाई युवराज बनाइयो । अनि युवराजले के(के गरे रु गीत गाएर घर फर्किएका कलाकार प्रविण गुरुङलाई मोटरसाइकलमा गइरहेको बेलामा पछाडिबाट गाडीले लखेटी(लखेटी किचाएर मारे, के यो पनि झुटो हो रु जब हल्ला भएर मुद्दा चलाउनुपर्ने भयो अनि एउटा भुजेल खडा गरियो, नक्कली चालक । उसले चलाइरहेको थियो गाडी भनियो । यै हैन राजतन्त्रमा भएको नमूना कानुनको शासन रुु

सांसद पन्तले बोलिरहेको बेला राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आपत्ति जनाएका थिए । सांसद पन्तले झुटो तथ्य राखेको भन्ने शाहीको दाबी थियो । त्यसपछि पन्तले इतिहास पढेर आउनका लागि शाहीलाई सुझाव दिएका थिए ।

सांसद पन्तले नेपाली जनतालाई राजतन्त्र नचाहिएको बताए । उनले सभामुखलाई संसद्मा राजतन्त्र पुनर्स्थापनाको बहस रोक्न पनि माग गरे । राजतन्त्र इतिहास भइसकेको उनको भनाइ थियो ।

राजाको ३० वर्षे पञ्चायतकालमा भन्दा अहिले नेपालको हरेक क्षेत्रमा अगाडि रहेको सांसद पन्तको भनाइ थियो । ुसन् २००५ मा नेपालको कूल ग्राहस्थ उत्पादन जम्मा ८ अर्ब डलर थियो, सन् २०२३ मा ४४ अर्ब डलर पुगेको छ । तुलना गर्ने रु राजाको शासनलाई अहिलेसँग रु त्यसैले तथ्यमा जाउँ,ु पन्तले भने, ु१५ वर्षअघिको तुलनामा पूर्वाधार निर्माणमा देश निकै अघि बढेको छ । बिजुली, टेलिफोन, इन्टरनेट, सञ्चार, सडक, शिक्षा र स्वास्थ्यका पूर्वाधार गाउँगाउँ पुगेका छन् । गाउँमा पक्की स्कुल देख्न मुस्किल पर्थ्यो ।

राज्यबाट जनताका चाहना धेरै भएपनि यस अवधिमा केही भएको छैन भन्ने गलत भाष्य सामाजिक संजालको दुरुपयोग गरेर चलाइएको पन्तको भनाइ थियो ।

नेपालमा गणतन्त्र आएपछि महिलाको प्रतिनिधित्व संसद्मा ३३ र स्थानीय निकायमा ४० प्रतिशत पुगेको उनले स्मरण गराए । अहिले राजावादीले मधेसी र महिला राष्ट्रपति भएको देखिनसहेको पन्तको भनाइ थियो । राजाको ठाउँमा तराईंमा बालककालमा भैंसी चढेर गोठालो जाने, पढेर डक्टर भएको पहिलो तराईंको भूमिपुत्रलाई देशको पहिलो राष्ट्रपति बनायो के बिग्रियो रु त्यसपछि पहाड भोजपुरकी एउटा सामान्य परिवारकी छोरी मुलुकको राष्ट्रपति भइन् के बिग्रियो ? सांसद पन्तले भने, आज आएर तनहुँको सामान्य ब्राह्मण परिवारको मान्छे राष्ट्रपति भएको छ, के बिग्रिएको छ रु हिजो सामान्तवादीको खुट्टा टाउकोमा राखेर पाउ मोल्नेहरूलाआई गरिब जनताको छोरा राष्ट्रपति भएको असैह्य भएको होला ।

सांसद पन्तले गलत भाष्य स्थापित भइरहेको बेला सरकार र मन्त्रीहरूले संसद्मा स्पष्ट धारणा राख्नुपर्ने बताए । उनले काम नगर्ने मन्त्रीहरूलाई पदबाट हटाएर नयाँ मन्त्री ल्याउन पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com