काठमाडौं २५ पागुन । नेपाली कांग्रेसले आजदेखि मिसन रोजगारी अभियान शुरू गर्ने भएको छ । एक वर्षसम्म सञ्चालन हुने अभियानको आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा औपचारिक शुरू हुने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले शुरू गर्न लागेको मिसन रोजगारी अभियानमा रोजगारी सिर्जना गर्न सकिने माध्यम, क्षेत्र, नीतिगत अवस्थालगायतमा वर्षभरि नै छलफल बहस हुने छ ।
‘राजनीतिक विमर्शको केन्द्रमा रोजगार, सरकारको प्राथमिकतामा रोजगार’ भन्ने लक्ष्यका साथ सञ्चालन हुने अभियानअन्तर्गत आज ‘अब रोजगारका कुरा गरौं’ विषयमा गोलमेच छलफल हुनेछ ।








प्रतिक्रिया दिनुहोस्