काठमाडौं २३ फागुन । दिपक मनाङे राजीव गुरुङ० ले कैद सजायमा २० प्रतिशत छुट पाएका छन् । जिल्ला अदालत काठमाण्डौका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालसले आज मनाङेलाई बाँकी सजायको २० प्रतिशत छुट दिन आदेश दिएको हो ।
मनाङेले मुलुकी ऐन दण्ड सजायको ४१ ९क० अनुसार २० प्रतिशत छुट पाउ भनी गएको फागुन १२ मा निवेदन दिएका थिए । मुलुकी ऐन, दण्ड सजाय महलको दफा ४१ ९क० ले अन्तिम फैसला भएको ६० दिनभित्र अदालतमा आत्मसमर्पण गरेमा कैद र जरिवानामा २० प्रतिशत छुट दिने व्यवस्था उल्लेख छ । उनलाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो ।
मिलन गुरूङ ‘चक्रे’ लाई हात छिन्ने गरी खुडा प्रहार गरेको घटनामा २० वर्षपछि सर्वोच्चबाट मनाङेलाई पाँच वर्ष कैद सजायको फैसला भएको थियो । यसअघि नै मनाङे दुई वर्ष आठ महिना जेल बसिसकेका थिए । उनीले दुई वर्ष चार महिना जेल बस्नुपर्नेमा २० प्रतिशत छुट पाउने भएका छन् । ज्यान मार्ने उद्योगमा दोषी ठहर गण्डकीका पूर्वमन्त्री मनाङे गएको कात्तिकमा काठमाण्डौको सानोभर्याङबाट पक्राउ परेका थिए ।








प्रतिक्रिया दिनुहोस्