काठमाडौं २२ फागुन । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुनिश्चित हुने बताएका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाल भूतपूर्व सैनिक संघको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले नेपाली कांग्रेस बलियो पार्टी भएमात्रै नेपाल समृद्ध बन्ने बताएका हुन्।
ुलोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुनिश्चित हुन्छ। सबै भ्रातृ एवं शुभेच्छुक संस्था बलियो भए हाम्रो नेपाली कांग्रेस पार्टी बलियो हुन्छ,ु उनले भने, ुनेपाली कांग्रेस बलियो पार्टी भएमात्रै नेपाल समृद्ध मुलुक बन्नसक्छ। यसमा विशेष ध्यान दिन मेरो अनुरोध छ।’
उनले नेपाल भुतपूर्व सैनिक संघमा समस्या रहेको कुरालाई बुझेर आफूले समाधानका लागि पहलकदमी गरिरहेको बताए।
देउवाले गोरखा भर्ति केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको पनि जानकारी गराए।








प्रतिक्रिया दिनुहोस्