काठमाडौं २२ फागुन । कोसी प्रदेश न्याय प्रशासन तथा विधायन समितिले प्रदेश आम सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको बारेमा पत्रकार सम्बद्ध संस्थाहरूसँग छलफल गरेको छ।
कोसी प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको विधेयक छलफलको चरणमा छ। विधेयकमाथिको दफावार छलफलको क्रममा पत्रकारहरूसँग समितिले छलफल गरेको हो।
छलफलका क्रममा पत्रकारहरूले दण्ड सजाय हटाउनु पर्ने, विधेयक नियमनभन्दा नियन्त्रणमुखी भएको बताए। उनीहरूले विधेयक मिडिया मैत्री बनाई पारित गर्न आग्रह गरे।
दण्ड र जरिवानाको प्रावधान परिमार्जन गरेर जानू पर्ने बताउँदै कार्यकारी अध्यक्ष बनाएर लग्न सहभागी पत्रकारको जोड थियो।
विज्ञापन तथा सूचनाहरू प्रदेशमा मुख्यकार्यालय भएका सञ्चार माध्यमले मात्रै पाउने गरी व्यवस्थापन गरेर जानू पर्ने उनको भनाइ छ। सिफारिस समितिमा भएको प्रावधानलाई समेत संशोधन गरेर जान पत्रकारको सुझाव छ।








प्रतिक्रिया दिनुहोस्