काठमाडौं २१ फागुन । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अबको दुई वर्षभित्रै देशलाई सम्पत्ति शुद्धीकरणको ग्रेलिस्टुबाट निकालिने घोषणा गरेका छन्।
आज बुधबार प्रतिनिधिसभाको बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० अध्यादेश, ०८१ माथि अस्वीकारको सूचनामा उठेको प्रश्नको जवाफ दिनेक्रममा पौडेलले यस्तो घोषणा गरेका हुन्।
उनले अहिलेको सरकारले देशलाई ग्रेलिस्टमा नपुर्याएको र अघिल्लो सरकारको कामकाजको कारण यस्तो भएको दाबी गरे।
हामीलाई दुई वर्षको समय छ। त्यो दुई वर्ष लगाउँदैनौँ। दुई वर्षअघि नै ग्रे लिस्टबाट निकाल्छौँु उनले भने।








प्रतिक्रिया दिनुहोस्