काठमाडौं २१ फागुन । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यसम्पादन मूल्याङ्कनमा शून्य अंक दिएको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै उनले कार्यकारी निर्देशक निर्देशक घिसिङलाई पटक पटक स्पष्टीकरण सोधिएकोबारे सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले घिसिङले प्राधिकरणलाई नाफा लैजान मुख्य भूमिका खेलेको उल्लेख गर्दै सरकार हात धोएर पछि परेको टिप्पणी गरे ।
उनले भने, ‘जसले सधैँ रकम उठाउने कुरा जो गरिरहनुभएको छ । त्यो करम उठाउने कुरामा पनि रोकावट बारम्बार जो आइरहेको छ । सरकारले यस्तो नगरियोस् । यसका लागि हामी सरकारलाई रुलिङ गर्न समेत अनुरोध गर्न चाहन्छौँ ।’
उनले सरकारले उद्योगहरूको बक्यौता उठाउन समेत रोक लगाइरहेको भन्दै त्यसको गर्न नदिन सभामुखसँग रुलिङको माग गरे ।








प्रतिक्रिया दिनुहोस्