काठमाडौं २१ फागुन । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हिरात पाण्डेले ऊर्जामन्त्रालयले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यसम्पादनमा शून्य अंक दिँदै स्पष्टीकरण सोधिएको भन्दै आपत्ति जनाएका छन्।
बुधबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले यसमा आपत्ति जनाएका हुन्।
ुकुलमान घिसिङलाई निरन्तर सरकारले स्पष्टीकरण सोध्ने कुरा सँगै मिडियाहरूमा सुनिरहेका छौँ उहाँको मूल्याङ्कनमा शून्य आएको सुनिरहेका छौँ,ु उनले भने, एउटा राम्रो काम गरिरहेको छ जसले विद्युत प्राधिकरणलाई नाफामा लगिरहेको छ। त्यसलाई अघि लैजानुपर्ने ठाउँमा शून्य अंक दिएको सुनिरहेका छौँ यो कुरा के हो?
घाटामा गएको प्राधिकरणलाई नाफामा ल्याउनेलाई कारबाही गर्न लागिएको भन्दै उनले आपत्ति जनाए।
ुठिक ढंगले काम गरिरहेको अवस्थामा शून्य अंक रु प्राधिकरणलगायत सार्वजनिक संस्था घाटामा गइरहेको अवस्थामा अहिले निरन्तर नाफामा गइरहेको छ। हाम्रो पार्टी अध्यक्ष प्रधानमन्त्री हुँदा विद्युत निर्यात र आयातको काम गरियो,ु उनले भने, ुयसलाई आज पनि स्पष्टीकरण, भोलि पनि स्पस्टीकरण पर्सी स्पष्टीकरण गरिएको छ। यसमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु। रुलिङको माग गर्छु सम्पूर्ण विपक्षीको तर्फबाट।ु
त्यस्तै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले कुलमान घिसिङमाथि सरकारले कारबाही गर्न लागेको भन्दै आपत्ति जनाए।








प्रतिक्रिया दिनुहोस्