ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भौतिक रूपमा उपस्थित नभई कम्पनी दर्तादेखि खारेजसम्मका काम गर्न सकिने


एबीसी न्यूज

काठमाडौं २० फागुन । अब भौतिक रूपमा उपस्थित नभई कम्पनी दर्तादेखि खारेजसम्मका काम गर्न मिल्ने भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले अनलाइन माध्यमबाट कम्पनी दर्ता तथा खारेज गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको छ ।

कम्पनी संस्थापना, सञ्चालन तथा प्रशासनसम्बन्धी कामलाई सहज, सरल र थप पारदर्शी बनाउन कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली ९ऋब्ःक्ष्क् जतउकस्ररअबmष्क।यअच।नयख।लउ० का सबै मोडयूलहरूलाई पूर्णरूपमा कार्यान्वयनमा ल्याइएको कार्यालयको भनाइ छ ।

यस प्रणालीको प्रयोग गरी भौतिक रूपमा कार्यालयमा उपस्थित नभइकन कम्पनी दर्तादेखि खारेजीसम्मका सबै प्रक्रियाहरू सम्पन्न गर्न सकिने कार्यालयले जनाएको छ ।

यस प्रणालीबाट कार्यालयमा आवेदन दिन सकिने, प्राप्त आवेदनहरू प्रणालीबाटै स्वचालित रूपमा सम्बन्धित कर्मचारीको डेस्कमा तोकिने, नाम स्वीकृति र कम्पनी दर्ताका निवेदनहरू एक तहबाट नै टुङ्गो लगाइने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।

सम्बन्धित शेयरधनी, सञ्चालक वा निवेदक पक्षको सनाखतलगायत भौतिक उपस्थितिबाट जाँच गर्न आवश्यक पर्ने प्रकृतिका आवेदनहरूबाहेक अरू सबै आवेदनहरू अनलाइन प्रणालीबाटै टुङ्गो लगाई त्यससम्बन्धी पत्र, विवरणलगायत कागजातहरू डिजिटल हस्ताक्षर गरी सम्बन्धित कम्पनीको अनलाइन अकाउन्टमा स्वचालित रूपमा पठाई कम्पनी प्रशासनको कार्यलाई थप सहज र सरल बनाउने कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार आवेदन पेश भएपछि कम्पनी रजिष्ट्रार कार्यालयमा तोकिएको कर्मचारी र त्यसपछि त्यस विषयमा अनलाइन प्रणालीबाटै सम्बन्धित कम्पनीलाई सूचना दिइने तथा साविकमा सञ्चालनमा रहेको प्रणालीका सम्पूर्ण निवेदन तथा कागजातहरू सम्बन्धित कम्पनीले प्रणालीमा नै हेर्न सक्ने व्यवस्थासमेत मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com