काठमाडौं १९ फागुन । सप्तरी प्रहरीले राजविराज नगरपालिका–९ मलेठबाट ठूलो मात्रामा लागूऔषध गाँजा र अन्य अवैध सामान बरामद गरेको छ।
सोमबार प्रहरीले २४ क्विन्टल १९।५ किलोग्राम लागूऔषध गाँजा, १४२ कार्टुन स्याउ तथा हार्डवेयर सामग्री बरामद गरेको हो ।
मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शान्तिराज कोइरालाका अनुसार गोप्य सूचनाका आधारमा सप्तरीका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक, तथा सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी उपरीक्षकको नेतृत्वमा विशेष टोली परिचालन गरी छापा मारेको थियो ।
गोदाम घरको बाहिरी गेटमा ताल्चा लगाएको अवस्थामा गोदामको कम्पाउन्डभित्र दुई ट्रकमा पल्टी गरिएका १४२ कार्टुन स्याउ समेत बरामद भएको छ ।








प्रतिक्रिया दिनुहोस्