ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डम्बर ढुङ्गेलको नेतृत्वमा एएनओ अस्ट्रेलिया गठन


एबीसी न्यूज

काठमाडौं १५ फागुन । एसोसिएसन अफ नेपाली ओरिजिन एएनओ०ले अस्ट्रेलियामा शाखा विस्तार गरेको छ। जसमा भुटानीमूलका नेपालीभाषी डम्बर ढुङ्गेलको अध्यक्षतामा कार्यसमिति चयन गरिएको छ।

कार्यसमितिको उपाध्यक्षमा दिनेश कठायत, महासचिवमा गगन बिडारी, उपमहासचिवमा राजकुमार श्रेष्ठ, कोषाध्यक्षमा लीला भण्डारी चयन भएका छन्।

त्यस्तै, सदस्यहरूमा निकेश शर्मा, राम खतिवडा, युवराज शर्मा, हरि पोखरेल, खगेन्द्र आचार्य, आशिका राई, विजय बस्नेत, सरिता ढकाल, भवानी ढकाल, पुष्प आचार्य, गोविन्द गौतम छन्।

एएनओ नेपाललाई पितृभूमि मान्ने नेपालीभाषीहरूको संस्था हो। जसलाई नेपाली कला संस्कृति जगेर्ना गर्ने उद्देश्यले विश्वभर फैलाउने उद्देश्य रहेको एएनओ अन्तर्राष्ट्रियका महासचिव सीएम भट्टराईले बताए।

महासचिव भट्टराईका अनुसार संस्थाले नेपाल पुर्ख्यौली भई भुटान, बर्मा, भारतलगायत विभिन्न देशमा छरिएर रहेका नेपालीलाई समेटेको छ।

अस्ट्रेलिया कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले भाषा र संस्कृति जोगिए हामी जोगिने बताइन्। यसमा सबैले योगदान दिनुपर्ने भन्दै नेपालीभाषी समुदायलाई नेपालको समृद्धिमा क्रियाशील हुन राजदूत यादवको आग्रह थियो।

कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ गीता वाग्ले, अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसनका अध्यक्ष कृष्ण तिवारी, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, एएनओ उपाध्यक्ष ओम गुरुङले आ(आफ्नो धारणा राखेका थिए।

विश्वभर छरिएर रहेका नेपाली समुदायको एकताले नेपालको समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने अधिकांश वक्ताको धारणा थियो।

गत वर्षको मार्च २४ मा थाइल्यान्डको बैङ्ककमा ३२ देशका नेपालीभाषीले भुटानी नेपालीमूलका अमेरिकन व्यवसायी डिल्ली अधिकारीको नेतृत्वमा एएनओ गठन गरेका थिए।

यसअघि यसको शाखा बेलायत र पोर्चुगलमा गठन भइसकेको संस्थाका केन्द्रीय सदस्य भीम बस्नेतले बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवि लामिछानेको मुद्दा फिर्ता गर्ने तयारी आरोप, फाइल जफतको माग गर्दै अख्तियारमा उजुरी

सभापतिमा गगनको एकल उम्मेदवारी, महामन्त्रीमा को–को छन् ?

सम्बन्धित

ओली : जेन जी आन्दोलन सुनियोजित षड्यन्त्र, संसद् भवनमा असामाजिक तत्वको आक्रमण(आरटीसँगको अन्तर्वार्ता)

रवि लामिछानेको मुद्दा फिर्ता गर्ने तयारी आरोप, फाइल जफतको माग गर्दै अख्तियारमा उजुरी

सभापतिमा गगनको एकल उम्मेदवारी, महामन्त्रीमा को–को छन् ?

इरानको प्रदर्शनमा मृतक संख्या २ देखि २० हजारसम्मका फरक आँकडा सार्वजनिक

पार्टी जोगाउन सकिएन, एउटा निर्णयमा पुग्छौँ–पूर्णबहादुर खड्का

थाइल्याण्डमा रेल दुर्घटना : क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु, ५५ घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com