ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेले झण्डै १५ करोड आम्दानी गर्दा कांग्रेस २ करोड ३२ लाख घाटामा


एबीसी न्यूज

काठमाडौं १५ फागुन । राजनीतिक दलहरुले निर्वाचन आयोगमा आफ्नो आम्दानी र खर्चको विवरण बुझाएका छन्।

निर्वाचन आयोगमा दर्ता भएका एक सय १५ वटा दलमध्ये सानाठूला ८८ राजनीतिक दलले मात्रै आर्थिक वर्ष २०८०र८१ को आम्दानी र खर्चको विवरण आयोगमा बुझाएका हुन्।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा आव समाप्त भएको छ महिनाभित्र राजनीतिक दलहरुले आफ्नो आयव्ययको लेखा परीक्षण गर्नुपर्ने व्यवस्था छ। लेखा परीक्षण गरेको एक महिनाभित्र त्यसको प्रतिवेदन आयोगमा पेस गर्नुपर्ने प्रावधान छ।

आयोगमा बुझाइएको विवरण अनुसार हाल सरकारको नेतृत्व गरिएको दल एमाले सबैभन्दा धनी देखिएको छ।

आयोगमा बुझाइएको लेखा परीक्षण प्रतिवेदन अनुसार एमालेले गत आवमा १४ करोड ७९ लाख पाँच हजार ८०९ रुपैयाँ आम्दानी गरेको छ। एमाले आव २०७९र८० मा करिब दुई करोड ६२ लाख ८४ हजार रुपैयाँ घाटामा थियो।

यस वर्ष करिब सात करोड २८ लाख रुपैयाँ नाफा गरेको एमालेले जनाएको छ। एमालेको आम्दानीको मुख्य स्रोत कार्यकर्ताबाट संकलन भएको सदस्यता शुल्क हो। यो शीर्षकमा एमालेले ११ करोड ५४ लाख ३० हजार ४३७ रुपैयाँ आम्दानी गरेको छ।

एमालेले सात करोड २८ लाख रुपैयाँ नाफा गर्दा सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस भने घाटामा देखिएको छ।

आफू दुई करोड ३२ लाख ४७ हजार ५९९ रुपैयाँले घाटामा रहेको सो दलले निर्वाचन आयोगमा बुझाएको विवरणमा उल्लेख छ।

कांग्रेसले आव २०८०र८१ मा दुई करोड ५९ लाख आठ हजार ७७५ रुपैयाँ आम्दानी गरेको छ। उसको खर्च भने चार करोड ९१ लाख ५६ हजार ३७५ रुपैयाँ छ।

कांग्रेसले आफ्नो आम्दानीको प्रमुख स्रोत चन्दा र सहयोग रकम रहेको जनाएको छ । काग्रेसले चन्दा सहयोगबाट एक करोड ७३ लाख ९४ हजार ४३९ रुपैयाँ आम्दानी गरेको छ। सदस्यता शुल्क, लेबी र नवीकरण शुल्कबापत कांग्रेसले करिब ७१ लाख रुपैयाँ आम्दानी गरेको छ।

नेकपा ९माओवादी केन्द्र० ले आव २०८०र८१ मा एक करोड ८६ लाख ५३ हजार १४६ रुपियाँ आम्दानी गरेको जनाएको छ। अघिल्लो आर्थिक वर्ष माओवादी केन्द्रले तीन करोड ४८ लाख ४१ हजार ९३ रुपैयाँ आम्दानी गरेको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीले आव २०८०र८१ मा तीन करोड ७९ लाख ५९ हजार ४८७ रुपियाँ आम्दानी गर्दा ६ करोड ५० लाख १७ हजार ७८ रुपैयाँ खर्च गरेको छ। आफू एक करोड ६९ लाख ३० हजार ३७६ रुपियाँले घाटामा रास्वपाले जनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आव २०७९र८० मा पाँच करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको थियो।

त्यसैगरि नेकपा ९एकीकृत समाजवादी० ले गत आवमा चार करोड २४ लाख ५३ हजार ६९१ रुपियाँ आम्दानी गरेको छ। आयोगमा बुझाइएको प्रतिवेदन अनुसार उसको आम्दानी भन्दा खर्च बढी छ।

सोही अवधिमा चार करोड ५७ लाख ४० हजार रुपैयाँ खर्च गरेको नेकपा एकीकृत समाजवादीले जनाएको छ।

त्यसैगरि जनमत पार्टीले आव २०८०र८१ मा एक करोड १८ लाख रुपैयाँ आम्दानी गरेको छ भने राप्रपाले यस वर्ष एक करोड ३८ लाख ७४ हजार रुपैयाँ आम्दानी गरेको छ।

निर्वाचन आयोगमा आव २०८०र८१ मा ११५ दल दर्ता भएका थिए। दर्ता भएका दलमध्ये २७ दलले आयव्यको विवरण नबुझाएका आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवि लामिछानेको मुद्दा फिर्ता गर्ने तयारी आरोप, फाइल जफतको माग गर्दै अख्तियारमा उजुरी

सभापतिमा गगनको एकल उम्मेदवारी, महामन्त्रीमा को–को छन् ?

सम्बन्धित

ओली : जेन जी आन्दोलन सुनियोजित षड्यन्त्र, संसद् भवनमा असामाजिक तत्वको आक्रमण(आरटीसँगको अन्तर्वार्ता)

रवि लामिछानेको मुद्दा फिर्ता गर्ने तयारी आरोप, फाइल जफतको माग गर्दै अख्तियारमा उजुरी

सभापतिमा गगनको एकल उम्मेदवारी, महामन्त्रीमा को–को छन् ?

इरानको प्रदर्शनमा मृतक संख्या २ देखि २० हजारसम्मका फरक आँकडा सार्वजनिक

पार्टी जोगाउन सकिएन, एउटा निर्णयमा पुग्छौँ–पूर्णबहादुर खड्का

थाइल्याण्डमा रेल दुर्घटना : क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु, ५५ घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com