ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारको स्वीकृतिमै घिसिङ भारत गएको प्राधिकरणको दाबी


एबीसी न्यूज

काठमाडौं १४ फाागुन । नेपाल विद्युत प्राधिकरणले कार्यकारी निर्देशक कुलमान घिसिङमाथि उठेका प्रश्नको खण्डन गरेको छ ।

नेपाल–भारत द्विपक्षीय विद्युत विनिमय समितिको बैठकमा सरकारसँग सहमति नलिइ गएको र आर्थिक दायित्व बढ्ने गरी सम्झौता गरेको भन्दै घिसिङलाई उर्जामन्त्री दीपक बहादुर खड्काले स्पष्टीकरण सोधेपछि प्राधिकरणले यसको खण्डन गरेको हो ।

घिसिङ सरकारको स्वीकृतिमै भारत गएको र पहिलेदेखिकै चलनअनुसार भारतसँग बिजुलीको नयाँ दर तया गरेको प्राधिकरणको दाबी छ ।

माघ २९ मा बसेको नेपाल भारत सचिवस्तरीय जोइन्ट स्टेयरिङ कमिटी बैठकमा बस्ने कार्यदलको नाम मन्त्रिपरिषद्ले स्वीकृत गरेको र ऊर्जा मन्त्रालयको पत्रपछि घिसिङ भारत गएको प्राधिकरणको दाबी छ ।

आयात–निर्यात हुने बिजुलीको प्रतियुनिट दर सहमति भए पनि लागू भई नसकेको प्राधिकरणले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

सञ्चालक समितिको बैठक राख्न खोज्दा लामो समयदेखि बैठक बस्न नसकेको तथा सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नहुने अवस्था आए विद्युत् आदान–प्रदान सम्झौताबमोजिम विद्युत् आयात नहुने प्राधिकरणले जनाएको छ ।

सन् १९८५ देखि कार्यान्वयनमा आएको समितिको बैठक भारतको केन्द्रीय विद्युत् प्राधिकरणको सदस्य र नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको सह–अध्यक्षतामा बस्ने व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख छ ।

विगतका वर्षमा औसत रूपमा ५ दशमलव ५ प्रतिशत मूल्यवृद्धि हुने भनिए पनि यस पटक औसत १ दशमलव ५ प्रतिशत मात्र वृद्धि हुने व्यवस्था गरिएको प्राधिकरणको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भदौमा देश ढल्यो, अहिले कांग्रस फुट्यो !

कारबाहीपछि गगन र विश्वप्रकाश: ‘हामी जोखिम उठाउँदैछौं, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’

सम्बन्धित

भदौमा देश ढल्यो, अहिले कांग्रस फुट्यो !

कारबाहीपछि गगन र विश्वप्रकाश: ‘हामी जोखिम उठाउँदैछौं, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’

गगन थापा– ‘हामी नै आधिकारिक कांग्रेस, रुख र चारतारे झन्डा हामीसँग छ’

कांग्रेस सहमहामन्त्री फर्मूल्लाह मन्सूर पनि निष्कासित

कांग्रेस विवाद : देउवा पक्ष निर्वाचन आयोग पुग्यो, विशेष महाधिवेशन ‘नभएको’ दाबी

कांग्रेस संकट गहिरो : गगन–विश्वलाई कारबाहीको निर्णय सुनाउँदा पूर्णबहादुर भावविह्वल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com