ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

च्याम्पियन्स ट्रफी : बङ्गलादेशलाई हराउँदै न्युजिल्याण्ड सेमिफाइनलमा प्रवेश


एबीसी न्यूज
फाल्गुन १३, २०८१ मंगलबार   ७ : १८   बजे

काठमाडौं १३ फागुन । च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्ड समूह चरणको अन्तिम खेल अघि नै सेमिफाइनल प्रवेश गरेको छ । हिजो भएको खेलमा बङ्गलादेशलाई ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको हो ।

समूह ‘ए’बाट भारत पनि सेमिफाइनलमा पुगेको छ । अब समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबीच हुनेछ । बङ्गलादेश र पाकिस्तान अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छन् ।

हिजोको खेलमा बङ्गलादेशले दिएको २ सय ३७ रनको लक्ष्य न्युजिल्याण्डले ४६ ओभर एक बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

न्युजिल्याण्डको जीतमा रचिन रविन्द्रले सर्वाधिक १ सय १२ रन बनाए । बङ्गलादेशका लागि रिषद होसैन, नहिद राना, मुस्ताफिजुर रहमान र तस्किन अहमदले समान १ विकेट लिए ।

त्यसअघि पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बङ्गलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनाएको थियो । बङ्गलादेशका लागि कप्तान नजमुल हसन शान्तोले सर्वाधिक ७७ रन जोडे ।

न्युजिल्याण्डका माइकल ब्रेसवेलले ४, विल ओरोकले २ तथा कायल जेमिन्सन र म्याट हेनरीले समान १ विकेट लिए ।

जीतसँगै न्युजिल्याण्ड दुई खेलमा अपराजित रहँदै समूह ‘ए’को शीर्ष स्थानमा छ । बङ्गलादेश दुई खेलमा अङ्कविहिन छ । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो ।

प्रतियोगितामा आज अस्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दैछन् । खेल दिउँसो पौने ३ बजे शुरू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group