ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

च्याम्पियन्स ट्रफी : बङ्गलादेशलाई हराउँदै न्युजिल्याण्ड सेमिफाइनलमा प्रवेश


एबीसी न्यूज

काठमाडौं १३ फागुन । च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्ड समूह चरणको अन्तिम खेल अघि नै सेमिफाइनल प्रवेश गरेको छ । हिजो भएको खेलमा बङ्गलादेशलाई ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको हो ।

समूह ‘ए’बाट भारत पनि सेमिफाइनलमा पुगेको छ । अब समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबीच हुनेछ । बङ्गलादेश र पाकिस्तान अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छन् ।

हिजोको खेलमा बङ्गलादेशले दिएको २ सय ३७ रनको लक्ष्य न्युजिल्याण्डले ४६ ओभर एक बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

न्युजिल्याण्डको जीतमा रचिन रविन्द्रले सर्वाधिक १ सय १२ रन बनाए । बङ्गलादेशका लागि रिषद होसैन, नहिद राना, मुस्ताफिजुर रहमान र तस्किन अहमदले समान १ विकेट लिए ।

त्यसअघि पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बङ्गलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनाएको थियो । बङ्गलादेशका लागि कप्तान नजमुल हसन शान्तोले सर्वाधिक ७७ रन जोडे ।

न्युजिल्याण्डका माइकल ब्रेसवेलले ४, विल ओरोकले २ तथा कायल जेमिन्सन र म्याट हेनरीले समान १ विकेट लिए ।

जीतसँगै न्युजिल्याण्ड दुई खेलमा अपराजित रहँदै समूह ‘ए’को शीर्ष स्थानमा छ । बङ्गलादेश दुई खेलमा अङ्कविहिन छ । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो ।

प्रतियोगितामा आज अस्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दैछन् । खेल दिउँसो पौने ३ बजे शुरू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com