ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्प–म्याक्रों वार्ताः विवादका बीच युक्रेन युद्ध अन्त्य गर्ने सहमति


ABC News

काठमाडौं १३ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी नेता भ्लादिमिर पुटिनले युक्रेनमा युरोपेली शान्ति सेनालाई तीन वर्षे युद्ध अन्त्य गर्ने सम्भावित सम्झौताको हिस्साको रूपमा स्वीकार गर्ने आशा व्यक्त गरेका छन् । फ्रान्सेली समकक्षीसँग ह्वाइट हाउसमा द्विपक्षीय वार्ताअघि बोल्दै ट्रम्पले यस्तो जानकारी दिएका थिए । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोले युरोप युद्धविरामको अवस्थामा युक्रेनलाई सुरक्षा ग्यारेन्टी प्रदान गर्न तयार रहेको बताएका छन् । तर शान्ति सेनालाई अग्रपंक्तिमा नपठाइने म्याक्रोंले स्पष्टीकरण दिएको द गार्डियनले लेखेको छ ।

ट्रम्पले युरोपेली सेनालाई युक्रेनमा शान्ति स्थापनाकर्ताको रूपमा पठाउन कुनै आपत्ति नदेखेको टिप्पणी गरेका छन् । ट्रम्पले यो विषयलाई पहिले नै उनले पुटिनसँग पनि उठाएको उल्लेख गरेका छन् । फ्रान्सका राष्ट्रपति म्याक्रोनले सोमबार वाशिंगटन भ्रमण गरेर ट्रम्पसँग युक्रेन र अमेरिका–युरोप सम्बन्धबारे छलफल गरेका छन् । म्याक्रोनले ट्रम्पलाई युरोप रक्षा खर्च “बढाउन“ तयार रहेको बताएका छन् । तर युक्रेनमा कुनै पनि शान्ति सम्झौता सुरक्षित गर्न “बलियो“ अमेरिकी संलग्नता हुन पर्ने म्याक्रोंको भनाई छ । म्याक्रोनले भने “दीर्घकालीन शान्ति“ वार्ता बारे छलफल गर्दा कीभ “वार्तामा संलग्न हुनुपर्छ“ ।

pic.twitter.com/9pZeARuStB

— Donald J. Trump (@realDonaldTrump) February 24, 2025

अमेरिकी राष्ट्रपति फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनसँगै ह्वाइट हाउसमा बोल्दा नेताहरूले शान्ति प्राप्त गर्न ट्रान्सएट्लान्टिक मतभेदलाई कम गर्ने प्रयास गरिरहेका थिए। तर यो बैठक भइरहेको बेला अमेरिकाले संयुक्त राष्ट्रको प्रस्तावको विपक्षमा मतदान गरेको थियो । प्रस्तावमा रूसको युक्रेन आक्रमणको निन्दा गरिएको थियो, र युरोपेली सहयोगीहरूलाई छोडेर उत्तर कोरिया, बेलारूस र अन्य रूस–समर्थित देशहरूको पक्षमा अमेरिका उभिएर मतदान गरेको भन्ने आरोपको अमेरिकाले सामाना गर्नु परेको छ । अमेरिकाभित्रका डेमोक्र्याटहरूले यो कदमलाई “लज्जास्पद“ भएको चर्को टिप्पणी गरेका छन् ।

Great President @realDonaldTrump
pic.twitter.com/k0PMS8eoRC

— Elon Musk (@elonmusk) February 24, 2025

ओभल अफिसमा पत्रकारहरूसँग बोल्दै, म्याक्रोनले युरोप युद्धविरामको अवस्थामा युक्रेनलाई सुरक्षा ग्यारेन्टी प्रदान गर्न तयार रहेको दृढता व्यक्त गरेका छन् । जबाफमा ट्रम्पले युरोपेली सेनालाई युक्रेनमा शान्ति स्थापनाकर्ताको रूपमा पठाउन कुनै आपत्ति नदेखेको बताएका छन् । “हो, पुटिनले (उनले) यो स्वीकार गर्नेछन्,“ अमेरिकी राष्ट्रपतिले आशा व्यक्त गरे “मैले उनलाई यो प्रश्न सोधेको छु। “हेर, यदि हामीले यो सम्झौता ग¥यौं भने, ऊ रुस युद्धको खोजीमा हुने छैन। उसलाई फरक पर्दैन। तर मैले विशेष रूपमा उनलाई यो प्रश्न सोधेको छु। उनलाई यसमा कुनै समस्या छैन।“ ट्रम्पले विश्वासका साथ बताए । ईस्ट रूममा संयुक्त पत्रकार सम्मेलनमा उनले पत्रकारहरूलाई भने “यो रक्तपात अन्त्य गर्ने र शान्ति पुनस्र्थापना गर्ने समय हो। हामीले रूससहित केही उत्कृष्ट कुराकानीहरू गरेका छौं … हाम्रो ध्यान सकेसम्म चाँडो युद्धविराम प्राप्त गर्न र अन्ततः दीर्घकालीन शान्तिमा छ।“

अमेरिकी राष्ट्रपतिले दाबी गरे अनुसार उनले गत एक महिनामा विगत तीन वर्षमा भएको भन्दा बढी प्रगति गरेका छन्। “मलाई लाग्छ इम्मानुएल धेरैजसो महत्वपूर्ण मुद्दाहरूमा मसँग सहमत छन्,“ उनले भने। “युरोपले युक्रेनको दीर्घकालीन सुरक्षाको सुनिश्चिततामा केन्द्रीय भूमिका लिनुपर्छ।“

म्याक्रोनले जवाफ दिए “धेरै ठोस कदमहरू अगाडि बढेका छन्“ तर शान्ति “युक्रेनको आत्मसमर्पण वा ग्यारेन्टी बिनाको युद्धविराम होइन“ भनेमा उनले जोड दिएका थिए ।
यसैबीच, सोमबार भने पुटिनले पनि वार्तामा युरोपको संलग्नताको विरोध नगर्ने संकेत गरे। एजेन्स फ्रान्स–प्रेसले रिपोर्ट गरेको टेलिभिजन अन्तर्वार्तामा रूसी राष्ट्रपतिले भनेः “युरोपेली ‘देशहरू’मात्र होइन, अन्य देशहरूलाई पनि अधिकार छ र भाग लिन सक्छन्।“

खनिज सम्झौता गर्न जेलेन्स्की ट्रम्पलाई भेट्न जाने

ट्रम्प र उनको टोलीले रूसलाई रोक्न कीभलाई पठाइएको पैसाको केही हिस्सा फिर्ता लिन युक्रेनसँग खनिज राजस्व बाँडफाँड सम्झौताको वार्ता गरिरहेका छन्। त्यसअघि, ओभल अफिसमा, ट्रम्पले खनिज सम्झौतालाई “धेरै नजिक“ पुगेको भन्दै जेलेन्स्कीलाई चाँडै भेटेर सम्झौता पक्का गर्न सक्ने समेत बताए ।

“उनी यो हप्ता वा अर्को हप्ता सम्झौतामा हस्ताक्षर गर्न आउन सक्छन्, जुन राम्रो हुन्छ,“ ट्रम्पले भने, र उनले पुटिनसँग पनि कुनै बेला भेट्ने समेत जानकारी दिए । जेलेन्स्कीले गत हप्ता युद्धकालीन सहायताको बदलामा वाशिंगटनलाई ५०० अर्ब डलरको खनिज सम्पत्ति माग्ने अमेरिकी माग अस्वीकार गरे पनि अब उनी सहमत भइसकेका छन् ।युक्रेनले वार्ताबाट द्वन्द्व समाप्त गर्न रूसलाई क्षेत्र सुम्पनुपर्छ कि भनेर सोध्दा, ट्रम्पले भनेः “हामी हेर्नेछौं,“ र वार्ता भर्खर शुरू भएको उल्लेख गरे।

म्याक्रोन ट्रम्पले एक महिनाअघि सत्ता पुनःप्राप्त गरेपछि पहिलो युरोपेली नेता बनेर ह्वाइट हाउस पुगेका थिए । उनले बिहानको सत्रमा एक घण्टा ४५ मिनेट ट्रम्पसँग विताएको न्युजविकले उल्लेख गरेको छ । सोही अवसरमा दुवै नेताले जी–७ नेताहरूसँग युक्रेनबारेको छलफलको भिडियो सम्मेलनमा समेत भाग लिए।

दुई नेताले मित्रवत् व्यवहार देखाए तर ट्रम्पले युद्धको कोष बारे गलत दाबी गर्दा भने पत्रकार सम्मेलनमा मतभेद देखिएको थियो । ट्रम्पले भनेः “स्पष्ट रूपमा बुझ्नुहोस्, युरोपले युक्रेनलाई पैसा ऋण दिइरहेको छ। उनीहरूले आफ्नो पैसा फिर्ता पाउँछन्।“ म्याक्रोनले ट्रम्पको हात छोएर बिचमा बोलेः “होइन, वास्तवमा, स्पष्ट रूपमा भन्नुपर्दा, हामीले ति¥यौं। हामीले कुल प्रयासको ६०% ति¥यौं। यो अमेरिकाजस्तै थियोः ऋण, ग्यारेन्टी, अनुदान। हामीसँग युरोपमा २३० अर्ब डलरको रूसी सम्पत्ति फ्रिज छ। तर यो ऋणको जमानत होइन किनभने यो हाम्रो स्वामित्वको होइन। त्यसैले ती फ्रिज भएका छन्।“
ट्रम्पले जवाफ दिएः “यदि तपाईं त्यसमा विश्वास गर्नुहुन्छ भने, मलाई ठीक छ। उनीहरूले आफ्नो पैसा फिर्ता पाउँछन्, हामीले पाउँदैनौं। तर अब हामीले पनि पाउँछौं।“

संयुक्त पत्रकार सम्मेलनमा, ट्रम्पले भनेः “म यहाँ आउनुअघि रूससँग कुनै संवाद गरेको थिइन् ।रूसले फोनको जवाफ दिइरहेको थिएन … तर म यहाँ आएपछि मैले पहिलो फोन राष्ट्रपति पुटिनलाई गरें र हामीलाई ठूलो सम्मानले व्यवहार गरियो र उनीहरू यो युद्ध अन्त्य गर्न चाहन्छन्, यो ठूलो कुरा हो।

उनले थपेः “मलाई लाग्छ रूसको लागि सम्झौता गर्नु र रूसलाई सकारात्मक रूपमा नेतृत्व गर्नु धेरै फाइदाजनक छ।“ तर म्याक्रोनले चेतावनी दिएः “मलाई लाग्छ शान्तितिर जानु अति महत्वपूर्ण छ। तर मेरो बलियो अडान यो थियोः ’पहिले केही प्राप्त गरौं जुन मूल्यांकन, जाँच र प्रमाणित गर्न सकियोस्।’“ उनले थपेः “हामी शान्ति चाहन्छौं तर हामी कमजोर सम्झौता चाहँदैनौं।“ यो समाचारलाई प्राय पश्चिमा मिडियाले विशेष महत्वकासाथ प्रकाशन तथा प्रसारण गरेका छन् । यसैबीच बेलायती प्रधानमन्त्री कीयर स्टार्मरले विहीबार ट्रम्पलाई भेट्ने पहिले नै सार्वजनिक भइसकेको छ ।
ट्रम्पले युक्रेनसँगको खनिज सम्झौता “धेरै नजिक“ भएको पुनः दोहराएका छन् । यो सम्झौताले भोलोदिमिर जेलेन्स्कीलाई चाँडै भेट्न सक्ने पनि ट्रम्पले बताए, साथै उनले पुटिनसँग पनि पनि कुनै बेला भेट्न सक्ने उल्लेख गरेको रोयटर्सले उल्लेख गरेको छ । गत हप्ता जेलेन्स्कीले युद्धकालीन सहायताको बदलामा वाशिंगटनलाई ५०० अर्ब डलरको खनिज सम्पत्ति माग्ने अमेरिकी माग अस्वीकार गरेका थिए । अमेरिकाले हालसम्म त्यति रकम प्रदान गरेको छैन र सम्झौतामा कुनै विशेष सुरक्षा ग्यारेन्टी प्रस्ताव गरिएको छैन भन्ने उनको दावीका अघि अब जेलेन्स्की गल्दै गएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com