ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इलन मस्क नोबेल शान्ति पुरस्कारका लागि एक बलियो उम्मेदवार


जोन पड्नर

सन् २००७ मा, अल गोरेलाई केवल जलवायु परिवर्तनको बारेमा कुरा गरिरहेका कारण नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। अहिले, जसले शायद अन्य कुनै व्यक्तिको भन्दा बढी जलवायु परिवर्तन रोक्न सफल भएका छन्, त्यो व्यक्ति इलन मस्कलाई २०२५ को नोबेल शान्ति पुरस्कारको लागि मनोनयन गरिएको छ। केही मानिसहरूले अनुमान गरे अनुसार शान्ति पुरस्कार प्रायः त्यो व्यक्तिलाई दिइन्छ जसले युद्ध रोक्छ वा अन्त्य गर्छ, जस्तै थियोडोर रोसवेल्ट र जिमी कार्टर जसले रुसो–जापानी युद्ध र इजिप्ट–इजरायल शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका निभाएका थिए।

तर, ती अपवादका रूपमा छन्, किनकि १४२ वटै विजेतामध्ये २० भन्दा कम व्यक्तिलाई मात्र प्रत्यक्ष युद्ध रोक्न वा अन्त्य गर्नेमा मान्यता दिइएको छ। विडम्बनासाथ, नोबेल शान्ति पुरस्कारको स्थापना डाइनामाइटको आविष्कारक अल्फ्रेड नोबेलले गरेका थिए। विशेष रूपमा, कमिटीले राष्ट्रपति बराक ओबामालाई उनको ह्वाइट हाउसको कार्यकालको सुरुमा पुरस्कार दिनको लागि झिपो पार्यो, परिणामस्वरूप २०१६ मा अमेरिकी सरकारले २६,१७१ बम प्रहार गर्यो, जुन ओवाको अन्तिम वर्ष थियो।

यो प्रश्न महत्वपूर्ण छ—के कुनै उदारवादीले केही वर्ष पहिले मस्कको नोबेल शान्ति पुरस्कारको मनोनयनको समर्थन गरेका थिएनन् ? २००८ र २०१२ मा बराक ओबामाको, २०१६ मा हिलरी क्लिन्टनको, र २०२० मा जो बाइडेनको समर्थनपछि, मस्कलाई टाइमको पर्सन अफ द इयर घोषणा गरिएको थियो, जसको कारण उनले वातावरण संरक्षणमा गरेको अतुलनीय सफलतालाई उद्धृत गरिएको थियो।

मस्कको सबैभन्दा ठूलो पृथ्वीमा प्रभाव अहिले सम्म टेस्लासँग छ—२०२१ मा विद्युतिय गाडीहरू अन्ततः मुख्यधारामा प्रवेश गरे र टेस्ला एक ट्रिलियन डलरको कम्पनी बन्यो, जुन संसारका केही मात्रै कम्पनीहरू मध्ये एक हो। यो बजार मस्कले लगभग एकल रूपमा सिर्जना गरेका थिए, र अन्यहरूले भन्दा धेरै पहिले क्लिन–इनर्जी यातायातको माग ठम्याएका थिए जसले संसारको जलवायु संकटलाई प्रक्षिप्त गर्नेछ।

२०१७ मा, ब्रुकिंग्स इन्स्टिट्युसनले एउटा लेखको सन्दर्भ उद्धृत गर्दै भन्यो, “जलवायु परिवर्तनले विश्वभरि व्यापक संघर्ष र अराजकता ल्याउने भन्ने विचारलाई बढवा दिन्छ, जसले मानिसलाई जलवायु परिवर्तनको बारेमा विश्वास दिलाउनका लागि अन्य कारणहरूको असफलतापछि प्रयोग गरिन्छ।“

यदि नोबेल शान्ति पुरस्कार प्रायः त्यो व्यक्तिलाई दिइँदैन जसले प्रत्यक्ष युद्ध रोक्न वा अन्त्य गर्न काम गर्छ, यो तार्किक जस्तो देखिन्छ, एक व्यक्तिले जुन काम गरेको छ, जसले विद्युतीय कारलाई लाखौं मानिसहरूको लागि सम्भव बनायो, त्यो अर्को उत्कृष्ट कुरा हुनेछ–ब्रुकिंग्सले सुझाव दिएको छ–यसले युद्ध रोक्नमा मद्दत गर्न सक्छ।

तर, यी नै आन्दोलनहरू हुन्,जसले वातावरणको रक्षा गर्न र युद्ध रोक्न चाहन्छन्, ती व्यक्तिलाई बदनाम गर्दैछन् जसले शायद जलवायु परिवर्तनको सामना गर्नमा सबैभन्दा ठूलो योगदान पुर्याएका छन्, जसले अन्ततः, युद्ध रोक्न मद्दत गर्न सक्छ।
१९४९ मा, लर्ड ब्वायड ओआरलाई “भोक र अभावलाई जित्नको लागि, यसरी सैन्य संघर्ष र युद्धको मुख्य कारण हटाउनको लागि“ उनको जीवनभरको प्रयासका लागि शान्ति पुरस्कार प्रदान गरिएको थियो। यदि भोक रोक्नको लागि यत्रो मान्यता दिइन्छ भने, यो बुझ्नु उपयुक्त हुनेछ– जलवायु परिवर्तनको समाधान गर्ने कुराले पनि त्यही समान पुरस्कार प्राप्त गर्नुपर्नेछ, यदि यी उदारवादी मिडिया सही छन् भने यी दुवैले युद्ध रोक्छ।

मस्कका ऐतिहासिक योगदानहरूको बाबजुद, दुई कारणहरूले गर्दा धेरैले उनलाई नोबेल शान्ति पुरस्कारको लागि समर्थन गर्न अस्वीकार गरेका छन्। पहिलो कारण हो, मस्कले डोनाल्ड ट्रम्पको समर्थन गर्नु, त्यस समयमा जब उदारवादीहरूको ध्यान ट्रम्पको नाम चुनावी तालिकाबाट बाहिर राख्न, उनलाई दिवालिया बनाउन, वा उनलाई दोषी ठहराउनेतर्फ केन्द्रित थियो। दोस्रो कारण, टक शो होस्ट मेग एलेफ्सनले चतुराइका साथ भनेजस्तै, “अप्रत्याशित रूपमा, जब उनले खुला अभिव्यक्तिको अपराधको लागि दोषी ठहराइनु अघि, टेस्लाका संस्थापकलाई बामपक्षले र मुख्यधारा मिडियामा चाटुकारहरुले धेरै माया गरेका थिए। जब उनले ट्विटर (अहिले एक्स) २०२२ मा स्वामित्वमा लिए, तब बामपक्षले यो अनुमान गरेको थिएन कि मस्कले साँच्चिकै सबैको लागि अभिव्यक्ति स्वतन्त्रताको समर्थन गर्नेछन्।“

यो विशेष रूपमा विडम्बनापूर्ण छ– मस्कलाई टाइमको पर्सन अफ द इयर नाम दिइएको वर्षको ठीक चार वर्ष पछि, नोबेल शान्ति पुरस्कार म्यारिया रेस्सा र दिमित्री मुराटोवलाई “अभिव्यक्ति स्वतन्त्रतालाई सुरक्षित गर्नका लागि गरिएको प्रयासका लागि प्रदान गरिएको थियो, जुन लोकतन्त्र र दिगो शान्तिको एक पूर्वशर्त हो।“ तथापि, चार वर्षपछि बामपक्षले स्वतन्त्र अभिव्यक्तिको अवधारणामा नै पल्टाएर मस्कलाई अपमानित गर्यो, जब उनले सूचना प्रवाहमा रहेको तिनीहरूको एकाधिकार भत्काइरहेका थिए।
न्युजविक बाट
लेखक अध्यक्ष, विस्कन्सिन फेथ एन्ड फ्रीडम कोलिशन हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com