ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिका र रुस रियाद वार्ता : दुवै देश नयाँ साझेदारीको खोजीतर्फ अग्रसर, युक्रेन युद्ध अन्त्य गर्न सहमत


ABC News

काठमडौं ७ फागुन । साउदी अरेवियाको राजधानीमा रियादमा अमेरिका र रुसी उच्चस्तरी वार्ता चार घण्टाभन्दा बढी समयसम्म आत्मीयतापूर्ण छलफलपछि दुबै पक्षहरूले युक्रेन युद्ध समाधानका लागि काम गर्ने र द्विपक्षीय सम्बन्ध तथा लगानीहरू सामान्यीकरण गर्ने सहमति जनाएका छन् । दुबै पक्षहरू साउदी अरेबियामा वर्षौँपछि पहिलो पटक विस्तृत छलफलका लागि भेटेका थिए । युक्रेनबाहेक आपसी व्यापारिक सम्बन्धहरूबारे पनि छलफलको केन्द्रमा थियो ।

रुस–अमेरिका व्यापार पुनःस्थापना गर्ने सम्भावना

पहिलो कदम कूटनीतिक पक्षमा रहेको टोलीहरूमार्फत काम गर्दै हाम्रो दूतावासहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने सुनिश्चित गर्नु हो। दोस्रो, उच्चस्तरीय टोली, जसमा यी विषयहरूका विज्ञहरू समावेश छन्, प्राविधिक पक्षमा रुसी टोलीसँग कुराकानी शुरू गर्ने छः युद्धको अन्त्य कस्तो देखिन सक्छ। यस सन्दर्भमा, युक्रेन, युरोपेली साझेदारहरू र अन्यसँग परामर्श हुनेछ। तेस्रो कदम भनेको, यी दुई पक्षसँगै, युद्धको स्वीकार्य अन्त्य भएमा रुसीहरूका साथ साझेदारी गर्न सकिने असाधारण अवसरहरू पहिचान गर्नु हो।

मंगलबार, संयुक्त राज्य अमेरिका र रुसले आफ्नो सम्बन्ध पुनस्र्थापना गर्ने दिशामा कदम चालेका छन्। युक्रेन युद्ध अन्त्य गर्ने, वित्तीय लगानीमा सहकार्य गर्ने र सम्बन्धहरू पुनस्र्थापित गर्ने सहमति जनाएका छन् । दुबै देशका वरिष्ठ अधिकारीहरूबीच भएको यो बैठक पछिल्ला तीन वर्षयताका सबैभन्दा सकारात्मक वार्ताका रूपमा हेरिएको छ।

चार घण्टाभन्दा बढी समयसम्म चलेको बैठकपछि, अमेरिकी विदेश मन्त्री मार्को रुबियोले दुबै पक्षले युक्रेन शान्ति सम्झौताका लागि काम गर्ने सहमति जनाएको र “रुसीहरूसँग साझेदारी गर्न सकिने अविश्वसनीय अवसरहरूको खोजी गर्ने“ बताएका छन्।

रूसी विदेश मन्त्री सर्गेई लावरोभले “हामी केवल एक–अर्कालाई सुनेनौं, हामीले एक–अर्काको कुरा बुझ्यौं। मलाई विश्वास गर्ने आधार के छ भने अमेरिकी पक्षले हाम्रा अडानहरू अझ राम्रोसँग बुझ्न थालेको।“ प्रतिक्रिया दिएका छन् ।

यो बैठक पछिल्ला तीन वर्षयताका दुई शक्तिशाली राष्ट्रहरूबीचको सबैभन्दा विस्तृत वार्ता थियो। बैठकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति परिवर्तनलाई स्पष्टै रुपमा परिणाममुखी वार्तातर्फ लगेको संकेत गरेको न्यूयोर्क टाइम्सले विश्लेषण गरेको छ । जो बाइडेन प्रशासनको नीति उल्ट्याउँदै रूसमाथि लगाइएका प्रतिबन्धहरू हटाउने, अलगावको अन्त्य गर्ने र युक्रेनलाई हतियार आपूर्ति रोक्ने समेत अमेरिकाले दुइपक्षीय वार्तामा संकेत दिएको उल्लेख गरिएको छ । यो आफैंमा अमेरिकाको ऐतिहासिक नीति परिवर्तन हो ।

बैठकपछि अमेरिकी अधिकारीहरूले युक्रेनमाथि रूसी आक्रमण, युद्ध अपराध वा तीन वर्षदेखिको विनाशको चर्चा खासै गरेनन्। बरु, विदेशमन्त्री मार्को रुवियोले राष्ट्रपति ट्रम्पले वार्तामार्फत युद्ध रोक्न खोजेको भन्ने कुरामा नै बढी जोड दिएबाट वाशिंगटन र मस्कोले एकआपसमा सहकार्य गर्न खोजेको प्रष्ट भएको छ ।

रुबियोले भने, “तीन वर्षसम्म कसैले पनि यस्तो वार्ता गर्न सकेन, किनभने डोनाल्ड ट्रम्प संसारको एक मात्र नेता हुनुहुन्छ, जसले यस्तो कुरा सम्भव बनाउनु भयो।“
बैठकले देखाएको छ ट्रम्प प्रशासन रूसमाथि दबाब कायम राख्नुभन्दा उससँग मिलेर युद्ध अन्त्य गर्ने पक्षमा छ। यो रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका धेरैजसो मागहरू पूरा गर्ने सम्भावनासमेत रहेको विश्लेषकहरू बताउँछन्।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीको असन्तुष्टि
बैठकको प्रतिक्रियामा, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो साउदी अरेबिया भ्रमण स्थगित गरेको घोषणा गरेका छन् । उनले युक्रेनलाई बैठकमा निमन्त्रणा नदिइएकोमा आपत्ति जनाउँदै आएका छन्। तर जेलेन्स्कीको असन्तुष्टिको कुनै अर्थ नभएको प्रष्टै भएको छ । उनले जतिसुकै “मुख्य पक्षहरूको पछाडि छलफल हुनु हुँदैन,“ भनेपछि मुख्य पक्ष नै अमेरिका र रुस भएको स्पष्ट भएको छ । “युक्रेनको सहमति बिना कुनै पनि निर्णय लाद्न सकिँदैन।“ भन्ने जेलेन्स्कीको गुनासको कुनै अर्थ नभएको बताइएको छ ।

रुस–अमेरिका व्यापार पुनःस्थापना गर्ने सम्भावना
रियाद बैठक ट्रम्पले पुटिनसँग फोनमा लामो कुराकानी गरेपछि भएको हो । साउदी अरेबियाको राजधानी रियाधस्थित राजमहलमा भएको बैठकमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्ज र मध्यपूर्व दूत स्टिभ विटकोफ पनि उपस्थित थिए।
रूसी प्रतिनिधिमण्डलमा पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभ र रूसको सार्वभौम सम्पत्ति कोषका प्रमुख किरिल दिमित्रिएभ थिए। रूसी टेलिभिजनसँग कुरा गर्दै, दिमित्रिएभले बैठकलाई “सकारात्मक, रमाइलो र रचनात्मक“ भएको भन्ने प्रक्रिया दिएका छन् ।

रूसी पक्षले अमेरिकी लगानीकर्ताहरूलाई रूसमा लगानी गर्दा फाइदा हुने बतायो। दिमित्रिएभका अनुसार, अमेरिकी तेल कम्पनीहरूले रूसमा व्यवसायबाट अर्बौं डलरको फाइदा लिन सक्छन्।
“अमेरिकी तेल कम्पनीहरूले रूसमा अत्यन्त सफल व्यवसाय गरेका थिए,“ उनले भने। “हामी विश्वास गर्छौं कि कुनै न कुनै समय उनीहरू फर्किनेछन्, किनभने रूसले दिएको अवसर गुमाउनुको कुनै कारण छैन।“
रूसी विश्लेषकहरूले आशा गरे अनुसार ट्रम्प प्रशासनसँगको वार्ताले युक्रेनमा शान्ति सम्झौताका लागि मार्ग प्रशस्त गर्नेछ र बाइडेन प्रशासनद्वारा रूसमाथि लगाइएका कडा प्रतिबन्धहरू हटाउने सम्भावना पनि बढाउनेछ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com