ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजामती अस्पतालका कर्मचारी ८ दिनदेखि आन्दोलनमा


एबीसी न्यूज

काठमाडौं ५ फागुन । निजामती अस्पतालका दैनिक ज्यालादारीमा काम गर्दै आएका कर्मचारीले आन्तरिक प्रक्रियाबाट नै स्थायी गर्नुपर्ने माग गर्दै आन्दोलन सुरू गरेका छन् ।

राष्ट्रिय स्वास्थ्य कर्मी श्रमिक संगठनमा आवद्ध कर्मचारीले विभिन्न ७ माग लेखिएका ब्यानरसहित अस्पताल अगाडि उभिएर गत ८ दिन देखि आन्दोलन गरिहेका छन् ।
संगठनका सचिव निराजन कटुवालले दैनिक १ बजे देखि २ बजेसम्म अस्पतालको प्रांगणमा धर्ना दिइरहेको बताए ।

‘आठ दिनदेखि हामीले आफ्ना माग राखेर अस्पताल अगाडी शान्तीपूर्ण हिसाबले धर्ना दिइरहेका छौं,’ कटुवालले अनलाइनखबरसँग भने, ‘तर अस्पताल प्रशासनले यस विषयमा कुनै चासो देखाएको छैन ।’

अस्पतालको विनिमावलि गठन आदेश तत्काल संसोधन गर्नुपर्ने, कार्यरत कर्मचारीलाई क्षेणी र तह बमोजिम पारिश्रमिक र सेवा सुविधाको व्यवस्था गर्नुपर्ने, सरकारले ताके बमोजिमको स्थायी सो सरह उमेर हदसम्म कामकाज गर्न पाउने व्यवस्थाको सुनिश्चित गर्नुपर्ने उनीहरुको माग रहेको छ ।

यस्तै आउट सोर्सिङ कर्मचारीको हकमा उचित पारिश्रमिक सेवा, सुविधाको व्यवस्था गर्नुपर्ने, कार्यरत कर्मचारीलाई स्थायित्वको प्रक्रिया अगाडी नबढाई खुल्ला प्रक्रिया बन्द गर्नुपर्ने र समान कामकाज गरिरहेका कर्मचारीलाई समानजनक परिश्रमिकको र सेवा सुविधाको व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।

सिभिल अस्पतालका दैनिक ज्यालादारीमा काम गर्ने करिब ४ सय स्वास्थ्यकर्मी छन् ।

‘सिभिलको स्थापनाकालदेखि नै काम गर्दै आएका चिकित्सक, स्वास्थ्यकर्मी, नर्स लगायतका अन्य कर्मचारीलले विगत देखि आफ्ना न्यूनतम सेवा सुविधा तथा विभेदमा विषयमा समस्या हल गर्न अनुरोध गर्दै आएका छौं,’ कटुवालले भने, ‘ तर हाम्रो न्यायीक र जायज माग सम्बोधन गर्न तर्फ भन्दा पनि मनोबल कमजोर बनाउने काम भइरहेको छ ।’

आधारभूत माग सम्बोधन नभएको आन्दोलनको कार्यक्रमलाई थप सशक्त बनाउने उनले चेतावनी समेत दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गगन थापाको दाबी: ‘निर्वाचन आयोगले चिन्ने पार्टी विशेष महाधिवेशनबाट बनेको नेपाली कांग्रेस हो’

गगन–विश्वको अटुट युगलबन्दी: नेविसंघबाट सुरु यात्रा, विशेष महाधिवेशनसम्मको विश्वास

सम्बन्धित

गगन थापाको दाबी: ‘निर्वाचन आयोगले चिन्ने पार्टी विशेष महाधिवेशनबाट बनेको नेपाली कांग्रेस हो’

गगनलाई घोषणापत्र, विश्वलाई परिचालनको जिम्मेवारी – देउवाका पुराना सारथिहरूको ठूलो सङ्ख्या नयाँ टिममा

गगन–विश्वको अटुट युगलबन्दी: नेविसंघबाट सुरु यात्रा, विशेष महाधिवेशनसम्मको विश्वास

नेपाली कांग्रेसको नयाँ अध्याय: गगन थापाको नेतृत्वमा वैधानिकता दौड र आगामी चुनौतीहरू

कांग्रेसको वेबसाइटबाट हटाइयो गगन, विश्व र फरमुल्लाहको नाम

गगन थापा नेतृत्वको कांग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com