काठमाडौं, १ माघ । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको प्रवक्तामा देवराज चालिसे नियुक्त भएका छन्।बिहीबार मध्याह्न कुपण्डोलस्थित म्याक्सिम्स ब्यांक्वेटमा बसेको नवनिर्वाचत केन्द्रीय कार्यसमितिको बैठकले चालिसेलाई प्रवक्ता नियुक्त गरेको हो।कार्यसमितिको बैठकपछि थापा नेतृत्वको कांग्रेस आधिकारिताका लागि निर्वाचन आयोगमा जाँदैछ।भृकुटीमण्डमा नयाँ नेतृत्व चयनका लागि विशेष महाधिवेशन चलिरहेको समयमा कांग्रेसको संस्थापनपक्षले बुधबार थापासहित विश्वप्रकाश शर्मा, फरमुल्ला मन्सुलाई कारबाही गरेको थियो।कारबाही लगत्तै विशेष महाधिवेशनले थापा नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो।यससँगै कांग्रेसमा आधिकारिताको विषय उठेको छ।








प्रतिक्रिया दिनुहोस्