काठमाडौं ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशसभालाई सम्बोधन गरिरहेका छन्। सम्बोधनका क्रममा ओलीले लुम्बिनी पूण्य भूमि भएको बताए। उनले लुम्बिनी प्रदेश नै पवित्र भएको पनि बताए।
यो प्रदेश अन्त्यन्त पवित्र छ। किन भने पूर्वमा नारायणी, पश्चिममा कर्णाली नदी छ। अन्त्यन्तै प्रतिष्ठित धार्मिक र पूण्य स्थलहरू छन्, उनले भने, विश्वमानव जातिकै लागि शान्ति र करुणा फैलाउने भगवान बुद्धको जन्म थलो हो यो। यही भूमिमा भगवान बुद्ध अगाडि कपिलमूनी नामका महा विद्वान दार्शनिक थिए। कपिल आश्रम यसै ठाउँमा छ। लुम्बिनी, रामनगर यसठाउँमा छ।
उनले यस्ता थुप्रै पर्यटकीय स्थल पनि भएको बताए। उनले पाल्पाको रानीमहलको प्रसंग पनि निकाले। उनले रानी महल तेज महल भएको बताए। उनले भने, भारतमा ताज हमल छ। यहाँ तेज महल छ। रानी तेजकुमारीको स्मृतिमा बनेको थियो रानी महल।








प्रतिक्रिया दिनुहोस्