काठमाडौं ३ फागुन । शनिबार साँझ नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड हुँदा १८जनाको मृत्यु भएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले एक्समा मा लेखेका छन् “नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौडको घटनाबाट म दुःखी छु। जसले आफ्ना प्रियजनहरू गुमाएका छन्, तिनीहरूप्रति मेरो संवेदना छ। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। प्रशासन पीडितहरूलाई सहायता गरिरहेको छ।”
दमकल विभागका अधिकारीहरूका अनुसार प्लेटफर्म नम्बर १४ र १५ मा भागदौड भएको खबर पहिलोपटक राति ९ः५५ बजे प्राप्त भएको थियो इन्डियन एक्सप्रेसले समाचारमा उल्लेख गरेको छ ।
घाइतेहरूलाई दिल्लीको लोक नायक अस्पतालमा लगिएको थियो, अस्पतालले १५ जनाको मृत्यु भएको जानकारी दिएएको छ । ती अधिकारीले नाम नबताउने सर्तमा भने, “मृतक र घाइतेहरूको अन्तिम सूची पछि जारी गरिनेछ।”
घटनामा आफ्नी छोरी, ससुरा र सासूलाई गुमाएका मनोज शाह,ले भने, “मेरो साला मुकेशले फोन गरेर भनेका थिए भागदौड भयो, मानिसहरू एकअर्का माथि चढेका छन्।” मृतकहरू महाकुम्भतिर जाँदै थिए। उनकी छोरीले कक्षा ५ मा पढ्दै थिइन् ।
रक्षा मन्त्री राजनाथ सिंहले “नयाँ दिल्ली रेलवे स्टेशनबाट विनाशकारी खबर आएको छ। प्लेटफर्ममा भागदौडका कारण भएको ज्यान गुमाउनु पीडादायक।” उनको एक्स ह्यान्डलमा लेखेका छन् ।
रेल मन्त्री अश्विनी वैष्णवले भने, “दिल्ली प्रहरी र आरपीएफ (रेलवे सुरक्षा बल) घटनास्थलमा पुगेका छन्, घाइतेहरूलाई अस्पताल लगिएको छ। आकस्मिक भिड नियन्त्रण गर्न चारवटा विशेष ट्रेनहरू सञ्चालनमा छन्। अहिले भीड कम भइसकेको छ। म स्वयं वॉर रूममा छु।”
रेलवे विभागले जारी गरेको आधिकारिक विज्ञप्तिमा अनुसार “शनिबार राति करिब ९ः३० बजे नयाँ दिल्ली रेलवे स्टेशनको प्लेटफर्म १३ र १४ नजिक अभूतपूर्व भिड जम्मा भएको थियो। अचानक यात्रुहरूको संख्यामा वृद्धि हुँदा केही बेहोस भएका थिए, जसका कारण भागदौडको अफवाह फैलियो र यात्रुहरूमा डर उत्पन्न भयो। पछि भिड नियन्त्रणमा लिइयो ।”
रेलवे सुरक्षा बल र दिल्ली प्रहरीले बेहोस भएका र घाइते यात्रुहरूलाई तुरुन्त अस्पताल लगेको जानकारी दिइएको छ। साथै, घटनाबारे उच्चस्तरीय जाँचको आदेश दिइएको छ।
रेलवे डीसीपी केपीएस मल्होत्राले भने, “जब प्रयागराज एक्सप्रेस प्लेटफर्म नम्बर १४ मा थियो, ठूलो संख्यामा भीड जम्मा भएको थियो‘ स्वातन्त्र्य सेनानी एक्सप्रेस र भुवनेश्वर राजधानी ढिलो भएका कारण, तिनका यात्रुहरू पनि प्लेटफर्म १२, १३ र १४ मा थिए। जानकारी अनुसार, १,५०० साधारण टिकटहरू बिक्री भएका थिए, जसका कारण भीड नियन्त्रणबाहिर गयो र भागदौड जस्तो अवस्था सिर्जना भयो।”
कांग्रेसले एक्समा लेखेको छ “महाकुम्भ जाँदै गरेका श्रद्धालुहरूको मृत्युको खबर अत्यन्त दुःखद छ।”
“मोदी सरकारले मृतकहरूको शव परिवारलाई बुझाउनु पर्छ र उनीहरूलाई घरसम्म पुर्याउने व्यवस्था गर्नुपर्छ। यदि सरकारलाई महाकुम्भ भइरहेको थाहा थियो भने, त्यो बेला थप रेल किन चलाइएन ?” भन्दै विपक्षी दल कांग्रेसले गम्भीर प्रश्न सोधेको। छ।
दिल्लीका कार्यवाहक मुख्यमन्त्री आतिशीले एक्समा लेखेकी छन् “महाकुम्भ जाँदै गरेका श्रद्धालुहरूसँग सम्बन्धित यस्तो घटना निकै दुःखद छ। न केन्द्र सरकार न त उत्तर प्रदेश सरकार जनताको सुरक्षाप्रति गम्भीर देखिन्छ।”
मध्यरातसम्म पनि रेलवे स्टेशनमा केही घण्टाअघिको अफरातफरीका दृश्यहरू देखिन्थे। घाइतेहरूको चप्पल, बोतल, पेटी, झोला र कपडा जस्ता सामानहरू एउटा कुनामा जम्मा गरिएको अधिकांश भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
*अपडेट गरिएको








प्रतिक्रिया दिनुहोस्