ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनकपुरदेखि सिन्धुलीसम्म रोयल इन्फिल्डको महाराइड


एबीसी न्यूज

काठमाडौं २८ माघ । रोयल इन्फिल्ड प्रेमीहरूको लागि एउटा विशेष उत्सवको रूपमा हालै रोयल इन्फिल्ड महाराइड सम्पन्न गरिएको छ।

यो राइड जनकपुरस्थित रोयल इन्फिल्ड शोरुमबाट सुरु भएको थियो। कम्पनीका अनुसार उक्त यात्रा सिन्धुलीसम्म पुर्‍याइएको थियो। यस राइडको मुख्य उद्देश्य सडक सुरक्षा, आन्तरिक पर्यटन प्रवर्द्धन, अनुशासित राइड, भ्रातृत्व विकास र रोयल इन्फिल्ड समुदायलाई सुदृढ बनाउने रहेको थियो।

जनकपुरबाट सुरु भएको यो यात्रा बर्दिबासमा छोटो विश्राम गर्दै थप राइडरहरूलाई समेट्ने गरी योजनाबद्ध गरिएको थियो। बर्दिबासस्थित रोयल इन्फिल्ड शोरुममा थप १० जना राइडरहरू सहभागी भएपछि राइड अझ भव्य एवं विशाल हुनपुग्यो। थप राइडरहरू सहभागी भएपछि राइड संख्या ६१ भएको थियो।

कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अतिथि मधेश प्रदेश यातायात मन्त्रालयका सचिव रन्जित यादवले गरेका थिए। साथै कार्यक्रमको झण्डोत्तोलन अल्फा अटोमोटिभका निर्देशक मेघराज पैडेल, नेशनल कार्ट हेड दिपेश श्रेष्ठ र नारायणी मोटर्सका निर्देशक अभिषेक गोयन्काले गरेका थिए।

सचिव रन्जित यादवले सडक सुरक्षाबारे महत्वपूर्ण विचारहरू प्रस्तुत गरेका थिए। यातायात मन्त्रालयका सचिव रन्जित यादवलगायत अन्य अतिथिहरूले सुरक्षित राइडिङ संस्कृति र यस्तो कार्यक्रमले दिने सकारात्मक प्रभावबारे चर्चा गरेका थिए। रोड क्याप्टेन बिमल श्रेष्ठको नेतृत्वमा, सम्पूर्ण राइडरहरूले अनुशासित रूपमा यात्रालाई अगाडि बढाएका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

सहकारी ठगीमा रवि लामिछानेलाई मात्र सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोगबाट उन्मुक्ति, ग्रे लिस्टको जोखिम

सम्बन्धित

केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस

मधेश प्रदेशमा हुस्सु र कुहिरोका कारण जनजीवन कष्टकर

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

सहकारी ठगीमा रवि लामिछानेलाई मात्र सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोगबाट उन्मुक्ति, ग्रे लिस्टको जोखिम

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com