ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पबाट अमेरिकामा आयात हुने इस्पात र एल्यूमिनियममाथि २५ प्रतिशत ट्यारिफ घोषणा


ABC News

काठमाडौं २९ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबारदेखि संयुक्त राज्य अमेरिकामा आयात हुने विदेशी इस्पात र एल्यूमिनियम आयातमा २५ प्रतिशत शुल्क लगाएको घोषणा गरेका छन् । राष्ट्रपति ट्रंपले नयाँ मेटल शुल्क ‘सबैलाई लागू हुनेछ’ । यसअघि युद्धविराम भएजस्तो देखिएका क्यानडा र मेक्सिको माथि पनि यो ट्यारिफ लागू हुने उनले स्पष्ट गरेका छन् । अमेरिका सवैभन्दा निकट सहयोगी र सबैभन्दा ठूला व्यापारिक साझेदारहरूमा मेक्सिको र क्यानडा रहेका छन् ।

उपराष्ट्रपति भेन्सबाट न्यायाधीशहरू माथि हमला
उपराष्ट्रपति जेडी भेन्सले संघीय न्यायाधीशहरूलाई ट्रंप प्रशासनका व्यापक कार्यकारी आदेशहरूलाई रोकेको भन्दै आलोचना गरेका छन् । एक सोसल मिडिया पोष्टमा न्यायधिशका पछिल्ला निर्णयहरूलाई ‘अवैध’ भनेर परिभाषित गरेका छन्। ट्रंप प्रशासन संघीय आदेशहरूलाई मानेर कार्य गर्नेछ वा गर्दैन भन्ने गम्भीर प्रश्न उठाएको न्यूयोर्क टाइम्सले लेखेको छ । राष्ट्रपति ट्रंपले एयर फोर्स वनमा आइतवार रिपोर्टर्ससँग कुरा गर्दै भने, ‘कुनै पनि न्यायाधीशलाई, साँचो भन्नुपर्दा, यस्तो प्रकारको निर्णय लिने अनुमति दिइनु हुँदैन।’

वाइडेनका विदेशमन्त्रीको सुरक्षा अनुमति रद्द
राष्ट्रपति ट्रंपले आइतवार केही कानून प्रवर्तन अधिकारी र शीर्ष बाइडेन अधिकारीहरूको सुरक्षा अनुमतिहरू रद्द गरेको बताएका छन् । ट्रम्पका अनुसार ती अधिकारीहरूले आफूलाई राजनीतिक शत्रुको रूपमा देखाएका थिए । शनिबारको एक अन्तर्वार्तामा, ट्रंपले भनेका छन् ती अधिकारीहरूमा पूर्व विदेशमन्त्री एंटनी जे. ब्लिंकन, न्यू योर्क राज्यकी एटर्नी जनरल लिटिसिया जेम्स, र म्यानहट्टन जिल्ला वकील अल्भिन एल।.ब्रैग समावेश रहेका छन् । उनीहरुले ट्रम्पका विरुद्ध मुद्दा दायर गरेका थिए ।

वित्तीय निगरानीकर्ता
ट्रंपका संघीय प्रशासनको योजना निर्माण गर्ने शक्तिशाली व्यक्तिहरू मध्ये एक रसेल वोद्ध्टले उपभोक्ता वित्तीय संरक्षण ब्यूरोको मुख्यालयलाई आगामी हप्ता देखि बन्द गर्न आदेश दिएका छन्, । उनले त्यहाँ कार्यरत कर्मचारीलाई प्रायः सबै काम रोक्नका लागि निर्देशन दिएका छन्, । बैंक र अन्य वित्तीय कम्पनीहरूको नियामक निगरानी गर्ने काम पनि अवरुद्ध हुने भएको वाल स्ट्रिट जर्नलले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com