ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इक्वेडरको चुनावः फेरि पनि दक्षिणपन्थी कि वामपन्थी राष्ट्रपति रोज्ने समय !


ABC News

काठमाडौं २६ माघ । एक समय दक्षिण अमेरिका क्षेत्रकै सुरक्षित मुलुक मानिएको इक्वेडर पछिल्लो समय संगठित अपराध, राजनीतिक अस्थिरता, र ऊर्जा संकटको चपेटामा परेको छ। २०१९ मा प्रति १ लाख जनसंख्यामा ६.७ हत्या दर रहेकोमा २०२३ सम्म आइपुग्दा यो दर ४४.५ पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

देशभित्रै कैदी गृहमा हुर्किएका आपराधिक समूहहरू अहिले लागुऔषध तस्करी, फिरौती, र जबर्जस्ती रकम असुलीमा संलग्न भएको डरलाग्दो अवस्था रहेको छ । ग्वायाकिलजस्ता तटीय क्षेत्र सबैभन्दा प्रभावित भएका कारण गत वर्ष मात्रै करिब ८०,००० मानिस विस्थापित हुन बाध्य भएका थिए ।

राष्ट्रपति डेनियल नोबोआले २०२४ को जनवरीमा एकपछि अर्को हिंसात्मक घटनापछि अपराधी समूहहरूलाई आतंकवादी घोषणा गर्दै उनीहरूविरुद्ध आन्तरिक सशस्त्र कारबाहकिो घोषणा गरेका छन् । सेनालाई सडकमा तैनाथ गर्ने उनको निर्णय विवादास्पद भए पनि सुरक्षा संकटका कारण आमा रुपमा स्वीकार्न बाध्य भएको बताइएको छ ।
फेब्रुवरी 9 (भोलि आइतबार) हुने राष्ट्रपतिय चुनावका लागि बहालवाला राष्ट्रपति नोबोआ सहित १६ जना उम्मेदवारहरु प्रतिस्पर्धामा उत्रेका छन् ।
नोबोआका मुख्य प्रतिस्पर्धीहरूमा लुइसा गोन्जालेज उत्रेकी छन् । गोन्जालेज पूर्व राष्ट्रपति राफायल कोरेआको नागरिक क्रान्ति आन्दोलनको प्रतिनिधित्व गर्ने नेता हुन् । उनले अपराध नियन्त्रणका लागि सैन्य हस्तक्षेपको सट्टा सामाजिक कार्यक्रमहरूमा लगानी गर्नुपर्ने नारा अघि सारेकी छन्m । उनले आफ्नो चुनावी अभियानमा कोरेआको शासनकाल (२००७–२०१५) को आर्थिक समृद्धिलाई पुनरुत्थान गराउने नारा मुख्य रुपले अघि सारेकी छन् ।

इक्वेडरमा ऊर्जा संकट गहिरिंदै गएको छ। जलविद्युत् परियोजनाहरूमा परेको असरले लामो समयसम्म लोडसेडिङ हुन थालेको छ । गोन्जालेजले नोबोआलाई ऊर्जा संकट व्यवस्थापन गर्न नसकेको आरोप लगाएकी छिन्।

जनमत सर्वेक्षणहरूमा नोबोआले ४५ प्रतिशत समर्थन पाइरहेका छन् भने गोन्जालेजलाई ३१ प्रतिशत मतदाताले रोज्न सक्ने देखाइएको छ । अन्य उम्मेदवारहरूमा वातावरणविद् एन्ड्रिया गोन्जालेज र स्वदेशी नेता लियोनिदास इजा, क्रमशः ५प्रतिशत र २प्रतिशत ओपिनियन पोलमा सीमित देखिन्छन्।

इक्वेडरको भूगोललाई हेर्दा यो देश अन्तर्राष्ट्रिय लागुऔषध तस्करीका लागि प्रमुख केन्द्र बनेको छ। नोबोआले अमेरिकासँग सुरक्षा सहयोग लिने बताएका छन् । तर प्रमुख प्रतिस्पर्धी गोन्जालेज र अन्य बामपन्थी नेताहरूले यसबारे आपत्ति जनाउँदै आएका छन्।

चुनावपछि इक्वेडरले कोरेआको पुरानो नीति रोज्नेछ कि नोबोआको निरन्तरतामा जानेछ भन्ने प्रश्न प्रमुख बनेको छ । मुख्य चुनौती सरकार सञ्चालनको मात्र नभएर जनतामा हराएको विश्वास पुनःस्थापित गर्नु रहेको विश्लेषकहरुले बताएका छन् ।

इक्वेडरका वर्तमान राष्ट्रपति ड्यानियल नोबोआ सन् २०२३ को आकस्मिक निर्वाचनपछि इक्वेडरका राष्ट्रपतिमा निर्वाचित भएका थिए। उनी एक युवा व्यवसायी हुन्।तथा राजनीतिज्ञ हुन्, जसले सुरक्षा सुधार र विदेशी लगानी आकर्षित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। हाल उनी दोस्रो कार्यकालका लागि पुनः प्रतिस्पर्धामा छन् ३७ वर्षीय ड्यानियल रोय गिलक्रिस्ट नोबोआ अझीनका पिता अल्वारो नोबोआ इक्वेडरका सबैभन्दा धनी व्यक्तिहरूमध्ये एक हुन् र उनले पाँच पटक राष्ट्रपतिपदका लागि उम्मेदवारी दिएका थिए।

उनले हार्वर्ड युनिभर्सिटीबाट प्रशासन तथा सार्वजनिक नीति सम्बन्धी अध्ययन गरेका छन्।

ड्यानियल नोबोआ अप्रत्याशित रूपमा राष्ट्रपतिको पदमा पुगेका थिए ।
तत्कालीन राष्ट्रपति गुइलेर्मो लास्सो विरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि लास्सोले प्रस्तावको सामना गर्नुको बदला संसद विघटन गरे। यही कारण सन् २०२३ को आकस्मिक निर्वाचनको हुँदा नोबोआले जीत हासिल गर्न पुगेका हुन् । त्यो बेला पनि उनको मुख्य प्रतिद्वन्द्वी लुइसा गोंजालेज नै थिइन् । उनी पूर्व राष्ट्रपति राफाएल कोरेआकी कट्टर समर्थक हुन्।

नोबोआको सुरक्षा नीतिले उनलाई अमेरिकासँग थप नजिक बनाएको छ । तर ट्रम्प प्रशासनसँग उनले कसरी तालमेल मिलाउँछन् हेर्न बाँकी छन् ।
विपक्षीहरुले उनलाई रूस, चीन जस्ता देशहरूसँग सम्बन्ध सन्तुलित राख्न नसकेको आरोप लगाएका छन् ।

फेब्रुअरी ९ को निर्वाचनले तय गर्नेछ इक्वेडर नोबोआकै कठोर सुरक्षा नीतिलाई निरन्तरता दिन्छ वा नयाँ बाटो रोज्छ ।
प्रमुख प्रतिस्पर्धी लुइसा गोंजालेज इक्वेडरको वामपन्थी उम्मेदवार हुन् ।
उनी राफाएल कोरेआको राजनीतिबाट प्रभावित नेतृ हुन्, जसले कोरेआ समर्थित नागरिक क्रान्ति आन्दोलन को नेतृत्व गरिरहेकी छिन्।

नागरिक क्रान्ति नामक दलकी नेता हुन् । इक्वेडरको सेन्ट्रल युनिभर्सिटीबाट कानूनमा स्नातोकोत्तर गरेकी गोन्जालेज पेशाले वकिल हुन् ।


गोंजालेजले वकिलका रूपमा आफ्नो करियर सुरु गरेर राफाएल कोरेआको प्रशासनमा विभिन्न भूमिकामा काम गरेकी थिइन् । उनले वाणिज्य मन्त्रालय, श्रम मन्त्रालय, र राष्ट्रपति कार्यालयमा महत्त्वपूर्ण जिम्मेवारी सम्हालेकी थिइन्।


गोंजालेज ८८राफाएल कोरेआको ‘२१औं शताब्दी समाजवाद’ ९क्यअष्बष्किmय मभ िक्ष्नयि ह्ह्क्ष्० लाई पुनर्स्थापित गर्ने वाचा८८ गर्दै राजनीतिमा आएकी हुन्।
उनले सार्वजनिक सेवामा सरकारी लगानी पुनः वृद्धि गर्ने योजना अघि सार्दै न्यूनतम ज्याला बढाउने र श्रमिक अधिकारलाई बलियो बनाउने नीति लिएकी छन् ।
उनले निजीकरणको विरोध गर्दै सरकारी स्वामित्वका उद्योगहरूलाई संरक्षण दिने प्रतिबद्धता जनाएकी छन् ।

नोबोआको कठोर सैन्य हस्तक्षेपको आलोचना गर्दै सेनालाई आन्तरिक सुरक्षामा कम प्रयोग गर्दै स्थानीय प्रहरी बललाई सशक्त बनाउने उनको नारा रहेको छ ।

बाह्य रुपमा चीन, रूस, र अन्य वामपन्थी सरकारहरूसँग सम्बन्ध सुधार गर्ने लक्ष्यका साथ अमेरिकासँगको सम्बन्ध सन्तुलित राख्ने, सुरक्षा सहायता लिने, तर इक्वेडरको स्वतन्त्र नीति कायम राख्ने वाचा गरेकी छन् ।

लुइसा गोंजालेज राफाएल कोरेआको बामपन्थी परम्पराको प्रमुख उत्तराधिकारी हुन्। उनी सामाजिक न्याय, सरकारी लगानी, र सुरक्षा रणनीतिमा परिवर्तनको वकालत गर्दैछिन्। नोबोआको कार्यकालमा बढ्दो असन्तुष्टिले गर्दा उनी पुनः चुनाव जित्ने सम्भावना रहे पनि नोबोआको समर्थन अझै बलियो भएको न्यूयोर्क टाइम्ले विश्लेषण गरेको छ । २०२५ को निर्वाचन इक्वेडरको राजनीतिक भविष्यका लागि निर्णायक हुनेछ।

इक्वेडरका वर्तमान राष्ट्रपति ड्यानियल नोबोआ सन् २०२३ को आकस्मिक निर्वाचनपछि इक्वेडरका राष्ट्रपतिमा निर्वाचित भएका थिए। उनी एक युवा व्यवसायी हुन्।तथा राजनीतिज्ञ हुन्, जसले सुरक्षा सुधार र विदेशी लगानी आकर्षित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। हाल उनी दोस्रो कार्यकालका लागि पुनः प्रतिस्पर्धामा छन् ।

३७वर्षीयड्यानियल रोय गिलक्रिस्ट नोबोआ अझीन

३७वर्षीयड्यानियल रोय गिलक्रिस्ट नोबोआ अझीनका पिता अल्वारो नोबोआ इक्वेडरका सबैभन्दा धनी व्यक्तिहरूमध्ये एक हुन् र उनले पाँच पटक राष्ट्रपतिपदका लागि उम्मेदवारी दिएका थिए।

उनले हार्वर्ड युनिभर्सिटीबाट प्रशासन तथा सार्वजनिक नीति सम्बन्धी अध्ययन गरेका छन्।

ड्यानियल नोबोआ अप्रत्याशित रूपमा राष्ट्रपतिको पदमा पुगेका थिए ।
तत्कालीन राष्ट्रपति गुइलेर्मो लास्सो विरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि लास्सोले प्रस्तावको सामना गर्नुको बदला संसद विघटन गरे। यही कारण सन् २०२३ को आकस्मिक निर्वाचनको हुँदा नोबोआले जीत हासिल गर्न पुगेका हुन् । त्यो बेला पनि उनको मुख्य प्रतिद्वन्द्वी लुइसा गोंजालेज नै थिइन् । उनी पूर्व राष्ट्रपति राफाएल कोरेआकी कट्टर समर्थक हुन्।

नोबोआको सुरक्षा नीतिले उनलाई अमेरिकासँग थप नजिक बनाएको छ । तर ट्रम्प प्रशासनसँग उनले कसरी तालमेल मिलाउँछन् हेर्न बाँकी छन् ।
विपक्षीहरुले उनलाई रूस, चीन जस्ता देशहरूसँग सम्बन्ध सन्तुलित राख्न नसकेको आरोप लगाएका छन् ।

फेब्रुअरी ९ को निर्वाचनले तय गर्नेछ इक्वेडर नोबोआकै कठोर सुरक्षा नीतिलाई निरन्तरता दिन्छ वा नयाँ बाटो रोज्छ ।
प्रमुख प्रतिस्पर्धी लुइसा गोंजालेज इक्वेडरको वामपन्थी उम्मेदवार हुन् ।
उनी राफाएल कोरेआको राजनीतिबाट प्रभावित नेतृ हुन्, जसले कोरेआ समर्थित नागरिक क्रान्ति आन्दोलन को नेतृत्व गरिरहेकी छिन्।
४७ वर्षीय लुइसा मग्दालेना गोंजालेज अल्किवारेज

४७ वर्षीय लुइसा मग्दालेना गोंजालेज अल्किवारेज नागरिक क्रान्ति नामक दलकी नेता हुन् । इक्वेडरको सेन्ट्रल युनिभर्सिटीबाट कानूनमा स्नातोकोत्तर गरेकी गोन्जालेज पेशाले वकिल हुन् ।
गोंजालेजले वकिलका रूपमा आफ्नो करियर सुरु गरेर राफाएल कोरेआको प्रशासनमा विभिन्न भूमिकामा काम गरेकी थिइन् । उनले वाणिज्य मन्त्रालय, श्रम मन्त्रालय, र राष्ट्रपति कार्यालयमा महत्त्वपूर्ण जिम्मेवारी सम्हालेकी थिइन्।

गोंजालेज राफाएल कोरेआको ‘२१औं शताब्दी समाजवाद’ लाई पुनर्स्थापित गर्ने वाचागर्दै राजनीतिमा आएकी हुन्।
उनले सार्वजनिक सेवामा सरकारी लगानी पुनः वृद्धि गर्ने योजना अघि सार्दै न्यूनतम ज्याला बढाउने र श्रमिक अधिकारलाई बलियो बनाउने नीति लिएकी छन् ।
उनले निजीकरणको विरोध गर्दै सरकारी स्वामित्वका उद्योगहरूलाई संरक्षण दिने प्रतिबद्धता जनाएकी छन् ।

नोबोआको कठोर सैन्य हस्तक्षेपको आलोचना गर्दै सेनालाई आन्तरिक सुरक्षामा कम प्रयोग गर्दै स्थानीय प्रहरी बललाई सशक्त बनाउने उनको नारा रहेको छ ।

बाह्य रुपमा चीन, रूस, र अन्य वामपन्थी सरकारहरूसँग सम्बन्ध सुधार गर्ने लक्ष्यका साथ अमेरिकासँगको सम्बन्ध सन्तुलित राख्ने, सुरक्षा सहायता लिने, तर इक्वेडरको स्वतन्त्र नीति कायम राख्ने वाचा गरेकी छन् ।

लुइसा गोंजालेज राफाएल कोरेआको बामपन्थी परम्पराको प्रमुख उत्तराधिकारी हुन्। उनी सामाजिक न्याय, सरकारी लगानी, र सुरक्षा रणनीतिमा परिवर्तनको वकालत गर्दैछिन्। नोबोआको कार्यकालमा बढ्दो असन्तुष्टिले गर्दा उनी पुनः चुनाव जित्ने सम्भावना रहे पनि नोबोआको समर्थन अझै बलियो भएको न्यूयोर्क टाइम्ले विश्लेषण गरेको छ । २०२५ को निर्वाचन इक्वेडरको राजनीतिक भविष्यका लागि निर्णायक हुनेछ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com