ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आयोगले पुनः सुरु गर्‍यो मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य


एबीसी न्यूज

काठमाडौं २५ माघ । निर्वाचन आयोगले मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य पुनः सुरु गरेको छ ।

आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले विज्ञप्ति निकालेर बिहीबारदेखि सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयवाट मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य सुरु गर्ने निर्णय भएको जानकारी दिएकी छन् ।

यसअघि स्थानीय तह उपनिर्वाचन प्रयोजनको लागि देशभरबाट नियमित रूपमा भइरहेको मतदाता नामावली दर्ता गर्ने कार्य स्थगित गरिएकोमा थियो । स्थानीय तहमा रिक्त रहेका ४४ पदका लागि गत १६ मंसिरमा उपनिर्वाचन भएको थियो ।

उपनिर्वाचन सम्पन्न भई परिणाम समेत प्राप्त भइसकेकोले नियमित मतदाता नामावली दर्ता तवा अद्यावधिक कार्य सुरु गरिएको आयोगले जनाएको छ ।

कुनै व्यक्ति पेसा, व्यवसाय वा अन्य कुनै कारणले आफ्नो स्थायी ठेगानाभन्दा फरक अर्को कुनै जिल्लामा बसोवास गरिरहेको भए मतदाता नामावलीमा आफ्नो नाम दर्ताका लागि आवेदन दिन सक्छन् ।

यसका लागि आवश्यक प्रमाण सहित आयोगको वेवसाईटमा रहेको प्रि–रजिष्ट्रेशन प्रणाली मार्फत आवेदन गर्न सकिन्छ ।

त्यस्तो व्यक्तिको नाम र स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्लाबाट समेत मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

मतदाता नामावलीमा नाम दर्ता गर्नको लागि नेपाली नागरिकताको प्रमाणपत्र आवश्यक पर्दछ । नागरिकतामा उल्लिखित ठेगानाभन्दा फरक ठेगानामा मतदाता नामावली दर्ता गर्नको लागि नागरिकता, बसाइँसराइ वा विवाह दर्ताको प्रमाणपत्र समेत प्रविष्ट गर्नुपर्दछ ।

कुनै मतदाताले आफ्नो मतदाता नामावलीमा कुनै त्रुटि रहेको भए सच्याउने, दोहोरो नाम भएको भए दोहोरो हटाउन सक्छन् ।

मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्ने लगायतका मतदाता नामावली अद्यावधिक सम्बन्धी कार्य गर्नका लागि आवेदन दिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमालेको प्रतिस्पर्धी कोही छैन, नजित्ने ठाउँ कहीँ छैन – अध्यक्ष ओली

रवि जोडिएका मुद्दाका सबैलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपबाट छुट्कारा

सम्बन्धित

रवि जोडिएका मुद्दाका सबैलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपबाट छुट्कारा

निर्वाचन आयोगलाई विधानको व्यवस्था बारे जानकारी गराउदै गगनपक्षीय कांग्रेस

देउवामाथि लगाइएका आरोप असत्य : पूर्णबहादुर खड्का

रेणुलाई विकास प्रेमीको रूपमा हामीले होइन, जनताले स्थापित गरेका हुन्– अध्यक्ष प्रचण्ड

रवि लामिछानेको अभियोग संशोधन गर्ने निर्णयमा नेपाल बारको आपत्ति

भक्तपुरमा घरेलु विवादले मृत्यु निम्यायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com