ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीले बोलाए चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक


एबीसी न्यूज

काठमाडौं २५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक बोलाएका छन् । आवासीय चिकित्सक ९रेजिडेन्ट० हरु आकस्मिकबाहेक अन्य सबै सेवाहरु बन्द गरेर आन्दोलनमा उत्रिएपछि प्रधानमन्त्रीले आकस्मिक बैठक डाकेका हुन् ।

आवासीय चिकित्सकहरुले निजी मेडिकल कलेजमा काम गर्ने चिकित्सकहरुलाई पनि सरकारी सरह निर्वाह भत्ता दिइनुपर्ने र डिउटी समय तोकिनुपर्ने माग राखेका छन् ।

आकस्मिक बैठक डाक्नुअघि बिहीबार राति आवासीय चिकित्सकहरुलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले छलफल गरेका थिए ।

बिहीबार रातिको छलफल सकारात्मक रहेको स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक डा शेषराज घिमिरेले बताए ।

आज बोलाइएको आकस्मिक बैठकको एजेण्डा आवासीय चिकित्सकको निर्वाह भत्ता र उनीहरुले मासिक रुपमा डिउटी गर्ने समय अवधि निर्धारण गर्ने रहेको चिकित्सा शिक्षा आयोग स्रोतले बताएको छ ।

मेडिकल कलेजहरूले आवासीय चिकित्सकलाई श्रम ऐनले तोकेभन्दा बढी समय काम लगाउने गरेकाले ड्युटीको समयावधि तोकिनुपर्ने पनि उनीहरूको माग छ । संघर्ष समितिले अघि सारेको मागपत्रमा सातामा अधिकतम ८० घण्टा ड्युटी, साप्ताहिक रूपमा अधिकतम २ पटक २४ घण्टे ड्युटी, प्रत्येक ड्युटीपछि बिदा, प्रसूति बिदा, वार्षिक २१ दिन साधारण र ७ दिन अध्ययन बिदाको व्यवस्था हुनुपर्ने उल्लेख छ ।

समितिले दुई वर्षअघि पनि आन्दोलन गरेर सरकारीसरह भत्ता दिन माग राखेको थियो । त्यतिबेला संघर्ष समिति र स्वास्थ्य मन्त्रालयबीच मागअनुसार नै निर्वाह भत्ता दिने सहमति भएको थियो । सहमति कार्यान्वयन गर्न मन्त्रालयले चिकित्सा शिक्षा आयोगलाई पठाएको थियो ।

आयोगले तोकिएको निर्वाह भत्ता दिए मात्र निजी मेडिकल कलेजमा सिट निर्धारणको प्रक्रिया अघि बढाउने निर्णय गरेपछि सञ्चालकहरूले आपत्ति जनाएका थिए । मेडिकल कलेज सञ्चालकहरूको असन्तुष्टिपछि प्रधानमन्त्री केपी शर्मा ओलीले टुंगोमा पुर्‍याउन मन्त्रीद्वयलाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमालेको प्रतिस्पर्धी कोही छैन, नजित्ने ठाउँ कहीँ छैन – अध्यक्ष ओली

रवि जोडिएका मुद्दाका सबैलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपबाट छुट्कारा

सम्बन्धित

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

रवि जोडिएका मुद्दाका सबैलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपबाट छुट्कारा

निर्वाचन आयोगलाई विधानको व्यवस्था बारे जानकारी गराउदै गगनपक्षीय कांग्रेस

देउवामाथि लगाइएका आरोप असत्य : पूर्णबहादुर खड्का

रेणुलाई विकास प्रेमीको रूपमा हामीले होइन, जनताले स्थापित गरेका हुन्– अध्यक्ष प्रचण्ड

रवि लामिछानेको अभियोग संशोधन गर्ने निर्णयमा नेपाल बारको आपत्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com