ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अटिजम भएका बालबालिकाका लागि सातै प्रदेशमा तालिम केन्द्र बनाउँछाैँ – मन्त्री पौडेल


एबीसी न्यूज
माघ १७, २०८१ बिहीबार   ३ : ३१   बजे

काठमाडौं २० माघ ।    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारले सात वटै प्रदेशमा अटिजम भएका बालबालिकाहरुको लागि तालिम दिने केन्द्रहरु बनाउने तयारी गरिरहेको बताउनुभएको छ ।

गर्भवती र सुत्केरी महिला आमाको स्वास्थ्यलाई मध्यनजर गरी मानसिक स्वास्थ्य ९ओपिडी० सेवा र नवजात शिशुमा हुनसक्ने मेटाबोलिक रोग पत्ता लगाउन गरिने न्युबर्न स्क्रिनिङ सेवाको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अटिजमको समस्या भएका बालबालिकाहरु धेरै रहेकाले उनीहरुको लागि सात वटै प्रदेशमा तालिम दिने र सीप सिकाउने केन्द्रहरुको निर्माण गर्ने तयारीका लागि मन्त्रालयले समिति बनाउने पहल गरिरहेको बताउनुभयो ।

उहाँले जन्मिएको शिशुलाई विशेषज्ञ चिकित्सकले ओल्टाइपल्टाइ हेर्ने र उसको पूर्ण अंग विकसित भएको निस्कर्ष निकाल्ने स्थिति नेपालमा हुनुपर्ने बताउनुभयो । उहाँले कुनै समस्या भए स्क्रिनिङ गरेर उपचार गर्ने परिस्थिति निर्माण गर्न जरुरी रहेको बताउनुभयो । बालबालिकाहरुमा उमेर बढ्दै जाँदा विकसित हुँदै जाने समस्याहरुको पहिचान गरेरे शुरुमै उपचार गर्ने स्थिति बनाउन सक्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ूजन्मिएको बच्चालाई विशेषज्ञ चिकित्सकले ओल्टाइपल्टाइ हेर्ने र उसको पूर्ण अंग विकसित भएको निस्कर्ष निकाल्ने स्थिति बन्नुपर्‍यो । कुनै समस्या रहेछ भने बच्चाको स्क्रिनिङ गरेर उपचार गर्ने परिस्थिति हामीले निर्माण गर्न सक्नुपर्छ । त्यो प्रसूतिबाट सुरु भएको छ । प्रसूतिकै नेतृत्वमा अन्य अस्पतालहरुमा पनि यसलाई हामी विस्तार गर्नेछौँ । अहिले बच्चाहरुमा धेरै समस्या देखिने अरु उल्लेख गर्नुभएका विषयसँगै अन्य समस्या पनि देखिएको महशुस गरेको छ । अटिजम भएका बच्चाहरु धेरै छन् ।

जसका लागि सीप सिकाउने, तालिम दिने केन्द्र बनाउनुपर्छ भनेर दीपक महरा आउनुभएको उहाँले उल्लेख गर्नुभएको छ । यसरी हामीले सातै प्रदेशमा अटिजम भएका बच्चाहरुलाई तालिम दिने केन्द्रहरु बनाउने कोशिस गरिरहेका छौँ ।

केके गर्न सकिन्छ, अध्ययनका लागि समिति बनाउन खोजिरहेका छौँ । त्यो लगायत बच्चाहरुमा देखिने अन्य समस्या उमेर बढ्दै जाँदा विकसित हुँदै जाने समस्याहरुको पहिचान गरेर हामीले सुरुमै उपचार गर्ने स्थिति बनाउन सक्नुपर्छ ।

हामीले नेपालको स्वास्थ्य क्षेत्रमा कसरी थप सेवाहरु उपलब्ध गराउनसक्छौँ, स्वास्थ्य क्षेत्रलाई कसरी पूर्णता दिनसक्छौँ, सेवा कसरी प्रभावकारी बनाउनसक्छौँ, त्यस विषयमा निरन्तर काम गरिरहेका छौँ, उहाँले भन्नुभयो ।

मन्त्री पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा थप सेवाहरु उपलब्ध गराउने, स्वास्थ्य क्षेत्रलाई पूर्णता दिने र सेवा प्रभावकारी बनाउने बारेमा गम्भीर रुपमा छलफल गरिरहेको बताउनुभयो । मन्त्री पौडेलले नवजात शिशु जन्मिएको केही दिनभित्र गरिने न्यु बर्न स्क्र्यानिङ टेस्टको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सेवा शुभारम्भ गर्नुभयो ।

यो जाँच गर्दा शिशुको कुर्कुच्चामा प्रिक गरी थोरै मात्रामा रगत निकालेर विशेष प्रकारको फिल्टर पेपरमा राखी मेसिनमा जाँच गरिन्छ । उक्त जाँचबाट मेटाबोलिक डिजेज पत्ता लगाउन सकिन्छ ।

मेटाबोलिक डिजेज एउटा वंशाणुगत रोग हो । जसले गर्दा बच्चा जन्मिँदा सामान्य देखिए पनि केही दिनपछि शिशुमा समस्याहरु देखापर्दै जाने र अन्त्यमा मृत्यु हने भएकाले समयमा नै परीक्षण गराइ रोगको पहिचान गर्नसके मृत्युबाट बचाउन सकिने चिकित्सकहरु बताउँछन् ।

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा २०७८ साल मङ्सिरदेखि २०७९ साल वैशाखसम्म ६ महिनामा ८ सय नवजात शिशुहरुमा गरिएको सर्वेक्षणमा १३ जना शिशुमा विभिन्न किसिमको वंशाणुगत रोगहरु देखिएको निर्देशक अधिकारीले बताउनुभयो । २०८१ साउनदेखि अस्पतालमा हालसम्म २०५ जना शिशुको परीक्षण गरेको बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टोखास्थित गार्मेन्टमा भीषण आगलागी, करिब ८ करोड रुपैयाँ बराबरको क्षति

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

सम्बन्धित

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

प्रेमचन्ददेखि टैगोरसम्म: किन भारतीय लेखकहरूले सोभियत मोडल रोजे?

मुगलहरूले हाम्रा लागि के नै गरेका छन् र ? : इकोनोमिष्ट

प्रस्ट कुराहरूको आविष्कार किन ढिलो भयो ?

गृहमन्त्री सुधन गुरुङले सम्पत्ति विवरणमा ठूलो लगानी लुकाएको खुलासा

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group