ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शहीदको बलिदानीबाट परिवर्तनका लागि काम गर्ने ऊर्जा प्राप्त हुन्छ : प्रधानमन्त्री


एबीसी न्यूज
माघ १६, २०८१ बुधबार  १ : २१ बजे

काठमाडौं १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरूको बलिदानको प्रेरणाबाट परिवर्तनका लागि काम गर्ने ऊर्जा प्राप्त हुने बताएका छन् ।

राष्ट्रिय शहीद दिवसको अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले राणा शासनको अन्त्यका लागि र विभिन्न कालखण्डमा लोकतन्त्रका लागि संघर्ष गरेर बलिदान दिएका महान शहीदहरूले देशका लागि दिएको योगदान महत्त्वपूर्ण भएको बताए ।

प्रधानमन्त्री ओलीले शहीदहरूकै बलिदान र प्रेरणाबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको प्राप्ति भएको र यस प्रणालीमा सम्पूर्ण शक्तिको स्रोत सार्वभौम जनता भएको बताए ।

उनले यस प्रणालीलाई सबल र दिगो बनाउन आफूहरू लागि परेको जनाउँदै वास्तविक र पूर्ण लोकतन्त्रका लागि जनताका प्रतिनिधिले त्यस भावनाका साथ काम गर्नुपर्नेमा जोड दिए ।

 

उनले राजनीतिक प्रणालीमा परिवर्तन भइसकेकाले अब तानाशाही शासनसत्ताको बचाउका लागि शान्तिपूर्ण आन्दोलनमा लागेकालाई हत्या गर्ने त्यस प्रकारको शृङ्खला अन्त्य भएको बताए ।

उनले अहिले लोकतान्त्रिक प्रणाली र प्रक्रियाको रक्षाका लागि न्यायोचित कानुनबमोजिम समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यमा वर्तमान सरकार स्पष्टरुपमा अघि बढिरहेको बताए ।

‘हामीले लामो सङ्घर्षबाट लोकतन्त्रको स्थापना गरेका छौँ । लोकतन्त्र भनेको अराजकता होइन । यो विकसित, सभ्य र सुशासनयुक्त प्रणाली हो । यदि व्यवस्थामा वा शासकहरूमा कुनै परिवर्तन गर्नुछ भने लोकतान्त्रिक बाटा र विधिबाट गर्न सकिन्छ तर लोकतन्त्रका नाममा देशलाई विभाजित गर्ने र विकासलाई अवरोध सृजना गर्ने कार्य स्वीकार्य हुन सक्दैछ,’ प्रधानमन्त्री ओलीले भने, ‘देशको रक्षा, विकास र सुशासनका लागि यो सरकार अगुवाइ गर्न तत्पर रहेको छ । हामी शहीदले देखाएको मार्गमा सँधै अविचलित रहनेछौँ ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

सम्बन्धित

गगनसँगै उभिएर शेखर र गच्छदारले भने– गगनको नेतृत्वमा एक भयौं

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

जाँचबुझ आयोगको म्याद २५ दिन थपियो, चुनावअघि प्रतिवेदन नआउने

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

‘हल्लाको राजनीति’ हावी, मधेशका एजेन्डा संकटमा — डा. सीके राउत (भिडियोवार्ता)

झापा ५ मा ओलीको नयाँ विकास वाचा : ‘ दैलेख ग्यास उत्खनन् तत्काल, सिलिन्डरबाट मुक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com