ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लमजुङमा विद्युत् उत्पादन बढी भएर समस्या


admin
असार १३, २०७४ मंगलबार  ३ : ५६ बजे

लमजुङ ९बेँसीसहर० १३ असार । लमजुङमा विद्युत् बढी भएर समस्या भएको छ । वर्षाका कारण पानीको बहाव बढेसँगै जिल्लामा रहेका सबै जलविद्युत् केन्द्रले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न थालेपछि समस्या आएको हो ।

लमजुङमा रहेको ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना, ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजना र अन्य साना खुदी ९४/४०, सिउरी ९५०, राधी ९४।४०, स्याँगे ९१०, छ्याँङ्दी ९२० आयोजनाबाट पूरै क्षमतामा विद्युत् उत्पादन भइरहेको छ ।

विद्युत् वितरणका लागि संरचना बलियो नहुँदा समस्या भएको विद्युत् प्राधिकरण शाखा प्रमुख माधव न्यौपानेले बताउनुभयो । उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिए पनि कमजोर संरचनाले समस्या आएको उहाँले उल्लेख गर्नुभयो ।

कमजोर संरचनाका कारण दैनिक दर्जनौँपटक विद्युत् जाने आउने हुँदा उपभोक्ता समस्यामा परेका छन् । विद्युत् जाने आउने भइरहँदा ढुक्कसँग काम गर्न नपाएको उद्योगी व्यवसायी बताउँछन् ।

विद्युत् अनियमितता हुँदा जिल्लामा सञ्चालित सञ्चारमाध्यम पनि प्रभावित भएका छन् । उद्योग कलकारखाना, सरकारी तथा गैरसरकारी कार्यालय, होटल रेस्टुरेन्ट आदि पनि प्रभावित भएका छन् ।

कमजोर संरचनाका कारण यसअघि बेलाबखत कहिलेकाहीँ लाइन जाने गरे पनि आजभोलि छिनछिनमै लाइन जान थालेको छ । जिल्लालाई विद्युत्भार कटौती मुक्त भनिए पनि छिनछिनमै बत्ती जाने आउने हुँदा समस्या भोग्नुपरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेनजी आन्दोलन र रास्वपाको उदय षड्यन्त्रको हिस्सा : नेकपा नेताहरूको निर्वाचन समीक्षा

ट्रम्पको नयाँ अल्टिमेटमको सामना गर्दै तेहरानको चेतावनी : ‘बर्बर जवाफ दिन्छौं’

सम्बन्धित

सम्पत्ति शुद्धीकरण मुद्दामा व्यावसायी दीपक भट्ट पक्राउ

विश्वका सुपर धन कुबेरहरुले कर अधिकारीबाट ३.५५ ट्रिलियन डलर लुकाए : अक्सफाम

ओली-देउवाको छत्रछायाँमा भट्टको ‘कमिशन साम्राज्य’ जगदम्बाको ४५ करोडबाट ३ अर्ब ८१ करोडसम्मको विरासत (विस्तृत)

बालेन सरकारले खारेज गर्दैछ यी १५ असान्दर्भिक ऐन : राजस्व अनुसन्धान ऐनसहित ठूला कानुनमा सुधार

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com