ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काभ्रेको महाभारतमा फैलिएको आगो अझै नियन्त्रणमा आएन : पर्यटकीय क्षेत्र नारायणस्थानमा जान रोक


एबीसी न्यूज

काठमाडौं ११ माघ । काभ्रेको महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा गएको मङ्गलवारदेखि शुरू भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

आगो नियन्त्रणका लागि विपद् व्यवस्थापनसम्बन्धी सरोकारवाला सम्पूर्ण निकायबाट जनशक्ति परिचालन भएका छन् ।

बेथानचोक र महाभारत गाउँपालिकाको सीमामा पर्ने खानीखोला गाउँपालिका–१ थाम लेकडाँडामा लगेको आगो निभाउन सुरक्षाकर्मी, स्थानियवासीसहित डिभिजन वन कार्यालय धुलिखेलका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिलगायतको टोली खटिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रवक्ता प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिनुभयो ।

हिजो जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सरोकारवालासँग छलफल गरी सम्पूर्ण निकायको जनशक्ति परिचालन गर्ने निर्णय गरेको थियो ।

यस्तै अन्य वन क्षेत्रमा समेत आगलागीको सम्भावित घटना हुनसक्ने भएकाले काभ्रेको पर्यटकीय क्षेत्र नारायणस्थानमा जान रोक लगाइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुरक्षाकर्मीले आगलागीको क्षेत्र तथा मानवबस्तीको अनुगमन गरी मानवबस्तीतर्फ आगोलाई आउन नदिनेगरी नियन्त्रणको पहल गर्न र क्षति हुने देखिए तत्काल स्थानान्तरण गर्न भनिएको छ ।

आगलागी थप फैलिँदै गए नियन्त्रणका लागि गृह मन्त्रालयसँग थप समन्वय गरी आवश्यक उपकरणसहित जनशक्ति परिचालन गरिने प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लुम्बिनीका १२ जिल्लामा नेकपाका उम्मेदवार को–को ? (सूचीसहित)

मेयरदेखि गाउँपालिका उपाध्यक्ष हुँदै कस्ता कस्तालाई टिकट दियो ?

सम्बन्धित

एमालेमा पुस्तान्तरण : १ सय ६५ मध्ये ५४ भन्दा बढी नयाँ अनुहार

लुम्बिनीका १२ जिल्लामा नेकपाका उम्मेदवार को–को ? (सूचीसहित)

मेयरदेखि गाउँपालिका उपाध्यक्ष हुँदै कस्ता कस्तालाई टिकट दियो ?

राष्ट्रिय सभा सदस्य नारायणकाजीले दिए राजीनामा, सर्लाही बाट चुनाव लड्ने

देउवा पक्ष: आज सुनुवाइ नहुने, भोलि बिदा, पर्सि मनोनयन – समयको दबाबमा बिलखबन्द

जेनजी आन्दोलनपछि राष्ट्रिय सभाको पहिलो बैठक साढे ७ मिनेट बसेर सकियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com