ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेमा पुस्तान्तरण : १ सय ६५ मध्ये ५४ भन्दा बढी नयाँ अनुहार


एबीसी न्यूज

काठमाडौं, माघ ४ । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका सबै १ सय ६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाएको छ । यसपटक एमालेले ५४ भन्दा बढी नयाँ अनुहारलाई उम्मेदवार बनाउँदै पुस्तान्तरण र युवामुखी नेतृत्वलाई प्राथमिकता दिएको सन्देश दिएको छ ।

पार्टीले सार्वजनिक गरेको अन्तिम सूचीअनुसार यसअघि संसदीय प्रतिस्पर्धामा नआएका, संगठनमा खारिएका र स्थानीयस्तरमा पहिचान बनाइसकेका नयाँ नेताहरूलाई व्यापक रूपमा अघि सारिएको छ । नयाँ उम्मेदवारमध्ये उल्लेख्य संख्यामा युवा र महिला पनि रहेका छन् ।

एमाले नेतृत्वका अनुसार नयाँ अनुहारलाई अवसर दिनु केवल उम्मेदवार फेरबदल होइन, पार्टीभित्र पुस्तान्तरणलाई संस्थागत गर्ने रणनीतिक निर्णय हो । यसबाट दीर्घकालीन नेतृत्व विकास, संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध मजबुत बनाउने अपेक्षा गरिएको छ ।

अनुभव र निरन्तरतासँगै परिवर्तनको सन्तुलन मिलाएर उम्मेदवार छनोट गरिएको दाबी एमालेको छ । अनुभवी नेतासँगै नयाँ उम्मेदवारलाई मैदानमा उतारेर चुनावी अभियानलाई थप ऊर्जाशील बनाउने विश्वास पार्टीले व्यक्त गरेको छ ।

एमालेले सबै उम्मेदवारलाई एकताबद्ध भएर चुनावी अभियानमा होमिन निर्देशन दिएको छ । पार्टीले सुशासन, स्थायित्व र विकासलाई मुख्य एजेन्डाका रूपमा अघि सार्दै जनविश्वास जित्ने रणनीति लिएको जनाएको छ ।

उम्मेदवार छनोट प्रक्रिया पूरा भएसँगै एमालेले सुदूरपश्चिमदेखि पूर्वसम्म देशव्यापी चुनावी अभियान तीव्र बनाउने तयारी गरेको छ ।


एमालेका ५४ नयाँ अनुहार (निर्वाचन क्षेत्रसहित)

क्र.सं.निर्वाचन क्षेत्रउम्मेदवार
१कैलाली–१द्वारिका न्यौपाने
२कैलाली–२सूर्यबहादुर थापा
३कैलाली–५यज्ञराज ढुंगाना
४कञ्चनपुर–१कमला बोहरा
५कञ्चनपुर–२बचनबहादुर सिंह
६अछाम–२यज्ञ बोगटी
७बाजुरालालबहादुर थापा
८डोटीदीपक धामी
९डडेल्धुराचक्र स्नेही
१०रुकुम पश्चिमनन्दराम देवकोटा
११जुम्लाशान्तिलाल महत
१२मुगुपूर्णबहादुर रोकाया
१३डोल्पालंक रोकाया
१४बर्दिया–१सालिकराम अधिकारी
१५नवलपुर–१भागीरथ सापकोटा
१६गोरखा–१मिलन गुरुङ
१७गोरखा–२आरसी लामिछाने
१८स्याङ्जा–१मीनप्रसाद गुरुङ
१९स्याङ्जा–२खिमबहादुर थापा
२०कास्की–१बैणबहादुर क्षेत्री
२१रामेछाप–१माधवप्रसाद ढुंगेल
२२सिन्धुपाल्चोक–१आङदोर्जे शेर्पा
२३काभ्रे–१अमित लामा
२४धादिङ–२धनबहादुर घले
२५चितवन–१कृष्णराज (कमल) पाठक
२६चितवन–२अस्मिन घिमिरे
२७चितवन–३शंकरराज थपलिया
२८काठमाडौं–१मोहन रेग्मी
२९काठमाडौं–६अमनकुमार मास्के
३०काठमाडौं–८राजेश शाक्य
३१काठमाडौं–१०विनोद श्रेष्ठ
३२ललितपुर–१चेतनाथ सञ्जेल
३३भक्तपुर–१सोमप्रसाद मिश्र
३४सप्तरी–३ताराकान्त चौधरी
३५सप्तरी–४बालकृष्ण चौधरी
३६सिराहा–१केदार यादव
३७सिराहा–२नवीनकुमार यादव
३८सिराहा–४बिल्टु यादव
३९महोत्तरी–२रामपरिक्षण यादव
४०झापा–१रामचन्द्र उप्रेती
४१झापा–४मनोज ताम्ली
४२संखुवासभाडा. अर्जुन कार्की
४३सुनसरी–१सूर्य पन्दाक
४४मोरङ–२दिलीप बगेडिया
४५मोरङ–३दिलीप राई
४६सोलुखुम्बु–१कल्पना राई
४७ओखलढुंगाअस्मिता थापा
४८उदयपुर–१दुर्गा थापा स्वोती
४९खोटाङदेवविक्रम राई
५०पर्सा–३प्रमोद जयसवाल
५१अर्घाखाँचीपिताम्बर भुसाल
५२इलाम–१काजिमान कागते
५३बाग्लुङ–१हीरा केसी
५४बाग्लुङ–२मञ्जु जुचालिसे

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लुम्बिनीका १२ जिल्लामा नेकपाका उम्मेदवार को–को ? (सूचीसहित)

मेयरदेखि गाउँपालिका उपाध्यक्ष हुँदै कस्ता कस्तालाई टिकट दियो ?

सम्बन्धित

लुम्बिनीका १२ जिल्लामा नेकपाका उम्मेदवार को–को ? (सूचीसहित)

मेयरदेखि गाउँपालिका उपाध्यक्ष हुँदै कस्ता कस्तालाई टिकट दियो ?

राष्ट्रिय सभा सदस्य नारायणकाजीले दिए राजीनामा, सर्लाही बाट चुनाव लड्ने

देउवा पक्ष: आज सुनुवाइ नहुने, भोलि बिदा, पर्सि मनोनयन – समयको दबाबमा बिलखबन्द

जेनजी आन्दोलनपछि राष्ट्रिय सभाको पहिलो बैठक साढे ७ मिनेट बसेर सकियो

ओलीविरुद्ध मुख्य रूपमा मोर्चा कसेकालाई पन्छ्याइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com