ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ऐन महरलाई ‘बलात्कार’ मुद्दामा अनुसन्धान अघि बढाउन अदालतको परमादेश


एबीसी न्यूज

काठमाडौं १० माघ । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरमाथि उच्च अदालत पाटनमा दर्ता भएको बलात्कार मुद्दामा अनुसन्धानको प्रक्रिया अघि बढाउन आदेश भएको छ । बिहीबार न्यायाधीशद्वय ब्रजेश प्याकुरेल र कृष्णराम कोइरालाको संयुक्त इजलासले अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको हो ।

आफू महरबाट बलत्कृत भएको भन्दै पीडितले यसअघि नै प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन् । तर, प्रहरीले उक्त जाहेरी दर्ता गर्न अस्वीकार गर्दै तामेलीमा राखेको थियो ।

प्रहरीले आफ्नो जाहेरी तामेलीमा राखेपछि पीडित महिला उच्च अदालत गएकी थिइन् ।

बिहीबार न्यायाधीशद्वय प्याकुरेल र कोइरालाको इजलासले प्रहरीले तामेलीमा राखेको प्रक्रिया नमिलेको ठहर गर्दै अनुसन्धानको प्रक्रिया अघि बढाउने आदेश गरेको सोही मुद्दामा बहस गरेका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले नकारी दिए ।

‘तामेलीमा राखेको प्रक्रिया नमिलेको हुनाले प्रमाणहरू बुझि अनुसन्धानको प्रक्रिया अघि बढाउनू भन्ने आदेश भएको हो,’ उनले भने ।

सोही मुद्दाका अन्य दुई वटा रिट भने खारेज भएका छन् ।

बझाङ स्थायी घर भएका महरलाई ०७८ मंसिरमा केन्द्रीय सदस्य मनोनीत गरिएको थियो ।  यौन विचलनमा परेको अडिओ सार्वजनिक भएपछि पार्टीले उनलाई एक पटक निलम्बन गरेको थियो । पछि फेरि सचिवालय बैठकबाटै महरलाई जिम्मेवारीमा फर्काइएको थियो ।

उनी एमाले निकट अनेरास्ववियुको केन्द्रीय अध्यक्ष भइसकेका व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लुम्बिनीका १२ जिल्लामा नेकपाका उम्मेदवार को–को ? (सूचीसहित)

मेयरदेखि गाउँपालिका उपाध्यक्ष हुँदै कस्ता कस्तालाई टिकट दियो ?

सम्बन्धित

एमालेमा पुस्तान्तरण : १ सय ६५ मध्ये ५४ भन्दा बढी नयाँ अनुहार

लुम्बिनीका १२ जिल्लामा नेकपाका उम्मेदवार को–को ? (सूचीसहित)

मेयरदेखि गाउँपालिका उपाध्यक्ष हुँदै कस्ता कस्तालाई टिकट दियो ?

राष्ट्रिय सभा सदस्य नारायणकाजीले दिए राजीनामा, सर्लाही बाट चुनाव लड्ने

देउवा पक्ष: आज सुनुवाइ नहुने, भोलि बिदा, पर्सि मनोनयन – समयको दबाबमा बिलखबन्द

जेनजी आन्दोलनपछि राष्ट्रिय सभाको पहिलो बैठक साढे ७ मिनेट बसेर सकियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com