ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लामिछाने अदालतमा हाजिर, आजबाट थुनछेक बहस


एबीसी न्यूज

काठमाडौं १० माघ । बुटवलको सुप्रिम सहकारीको रकम संगठित रूपमा ठगी गरेको अभियोग लागेका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने बुधबार रूपन्देही जिल्ला अदालतमा हाजिर भएका छन् । अदालतले बुधबार बयान सकेपछि उनलाई परिवार र प्रतिवादीका वकिलको जिम्माजमानीमा छाडेको छ ।

लामिछानेसँग जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबार दिउँसो १ बजे बयान लिन थालिएको थियो ।

बयानपछि न्यायाधीश योगीले थुनछेक बाँकी रहेकाले मुद्दा हेर्दाहेर्दैमा राखेर लामिछानेलाई श्रीमती र उनकै पक्षका कानुन व्यवसायीको जिम्मामा छोड्ने आदेश गरेको अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए । लामिछानेलाई श्रीमती निकिता पौडेल र उनका कानुन व्यवसायी नारायण कँडेल र पशुपति भण्डारीले जिम्मा बुझेका छन् । ‘अब भोलि बिहीबार थुनछेक बहस हुन्छ,’ स्रेस्तेदार ज्ञवालीले भने ।

यसअघि स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम ठगीसम्बन्धी अभियोगमा भने काठमाडौं जिल्ला अदालतले लामिछानेलाई न्यायिक हिरासतमै राखेर बयान र थुनछेक बहस गराएको थियो । पोखराको सूर्यदर्शन सहकारीको रकम ठगीको मुद्दामा कास्की जिल्ला अदालतमा थुनछेक बहस चल्दा पनि उनलाई हिरासतमै राखिएको थियो ।

ती दुवै अदालतमा उनले हिरासतबाहिरै बसेर थुनछेक बहसमा सहभागी हुन पाउनुपर्ने अपिल गरेका थिए । रूपन्देही अदालतले भने उनको मागअनुसारै बिहीबार बिहान १० बजे अदालतमा उपस्थित हुने सर्तमा हिरासतबाहिरै बस्ने सुविधा दिएको हो ।

रूपन्देही जिल्ला अदालतमा बुधबार बयानका क्रममा अभियोग पत्रका आधारमा तयार गरिएका झन्डै २ दर्जन प्रश्न गरिएको थियो । त्यसमा लामिछानेले इन्कारी बयान दिएका थिए । गोर्खा मिडियाको आम्दानी र बैंक खातामा जम्मा हुने रकमको सबै जिम्मेवारी र जानकारी कम्पनीका अध्यक्ष गितेन्द्रबाबु ९जीबी० राईमै रहेको उनको दाबी थियो । बयानको अन्तिमतिर उनले आफू मद्दाको सहयोगका लागि आफैं अदालतमा उपस्थित भएको र बिहीबार पनि उपस्थित हुने भएकाले जिम्माजमानीमै छोड्न याचना गरेका थिए ।

थुनछेक बहसमा सरकारी वकिलका तर्फबाट उच्च सरकारी वकिलको कार्यालय बुटवलका प्रमुख सह–न्यायाधिवक्ता सोमकान्ता भण्डारी, जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेल, न्यायाधिवक्ता उमाकुमारी केसी, गोकर्णराज घिमिरे, वसन्तराज पोखरेल लगायतले बहस गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लुम्बिनीका १२ जिल्लामा नेकपाका उम्मेदवार को–को ? (सूचीसहित)

मेयरदेखि गाउँपालिका उपाध्यक्ष हुँदै कस्ता कस्तालाई टिकट दियो ?

सम्बन्धित

एमालेमा पुस्तान्तरण : १ सय ६५ मध्ये ५४ भन्दा बढी नयाँ अनुहार

लुम्बिनीका १२ जिल्लामा नेकपाका उम्मेदवार को–को ? (सूचीसहित)

मेयरदेखि गाउँपालिका उपाध्यक्ष हुँदै कस्ता कस्तालाई टिकट दियो ?

राष्ट्रिय सभा सदस्य नारायणकाजीले दिए राजीनामा, सर्लाही बाट चुनाव लड्ने

देउवा पक्ष: आज सुनुवाइ नहुने, भोलि बिदा, पर्सि मनोनयन – समयको दबाबमा बिलखबन्द

जेनजी आन्दोलनपछि राष्ट्रिय सभाको पहिलो बैठक साढे ७ मिनेट बसेर सकियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com