ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ सामानमा शुल्क लगाउने अमेरिकी चेतावनीले कसैलाई पनि फाइदा हुँदैन – चीन


एबीसी न्यूज
माघ ९, २०८१ बुधबार  ८ : ४९ बजे

काठमाडौं ९ माघ । चीनले आफ्नो देशका सामानमा शुल्क लगाउने अमेरिकाको चेतावनीले कसैलाई पनि फाइदा नहुने प्रतिक्रिया दिएको छ ।

अस्तिमात्रै शपथ लिएर कार्यकाल शुभारम्भ गर्नुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा तत्कालका लागि १० प्रतिशत शुल्क लगाउने र भविष्यमा शतप्रतिशतसम्म पुर्‍याउनसक्ने बताउनुभएको थियो । विशेषगरी चिनियाँ विद्युतीय गाडी र विद्युतीय सामग्रीले अमेरिकी उत्पादन छायाँमा परेकाले शुल्क लगाउने ट्रम्पको भनाइ थियो ।

तर चिनियाँ विदेश मन्त्रालयले भने शुल्क लगाउँदैमा वा बढाउँदैमा अन्तर्राष्ट्रिय व्यापारको क्षेत्रमा कसैको जीत नहुने बताएको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले यदि अमेरिकाले शुल्क लगाएमा चीनले पनि आफ्नो राष्ट्रिय हितको रक्षा गर्न कदम चाल्ने बताउनुभएको छ । ‘हामीले सधैँ विश्वास गरेका छौँ कि व्यापार युद्ध वा ट्यारिफ युद्धमा कुनै पनि विजेता हुँदैनन्’, प्रवक्ता निङले भन्नुभएको छ ।

चीनले लागूऔषधको तस्करी रोक्न नसकेको भन्दै ट्रम्प आक्रोशित हुनुभएको छ । चिनियाँ सामानमा थप शुल्क आउँदो फेब्रुअरी १ तारिखदेखि लागू हुने सम्भावना छ । ट्रम्पले क्यानडा र मेक्सिकोका साथै युरोपेली देशहरूमा पनि आयात कर लगाउने धम्की दिँदै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

सप्तरीको चुनावी माहोल: ‘हल्लाको राजनीति’ हावी, मधेशका एजेन्डा संकटमा परे — डा. सीके राउत

सम्बन्धित

जाँचबुझ आयोगको म्याद २५ दिन थपियो, चुनावअघि प्रतिवेदन नआउने

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

सप्तरीको चुनावी माहोल: ‘हल्लाको राजनीति’ हावी, मधेशका एजेन्डा संकटमा परे — डा. सीके राउत

झापा ५ मा ओलीको नयाँ विकास वाचा : ‘ दैलेख ग्यास उत्खनन् तत्काल, सिलिन्डरबाट मुक्ति

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

जापानः ताकाइची नेतृत्वको दललाई भारी बहुमत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com