ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रविलाई भोलि उपस्थित हुने शर्तमा निकिता र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश


एबीसी न्यूज

काठमाडौं ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले भोलि उपस्थित हुने शर्तमा जिम्मा लगाएको छ ।

भोलि बिहान १० बजे अदालत उपस्थित हुनेगरी रविलाई श्रीमती निकिता पौडेल लामिछाने र कानुन व्यवसायीलाई जिम्मा लगाउने आदेश भएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए ।

‘भोलि १० बजे अदालतमा उपस्थित गराउनेगरी उहाँको कानुन व्यवसायी र उहाँको श्रीमती निकिता पौडेल लामिछानेको जिम्मा जवानीमा छाड्ने आदेश भएको छ,’ मरासिनीले भने ।

जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले सो आदेश दिएको हो ।

 

बुटवलको सुप्रिम सहकारीको रकम ठगीको आरोपमा दायर भएको मुद्दामा बयान दिनका लागि उनी बिहीबार अदालत उपस्थित भएका थिए ।

बिहीबार उनको बयान सकिएको छ । मरासिनीका अनुसार भोलिबाट उनको थुनछेक बहस सुरु हुनेछ । लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको थियो ।

लामिछानेका साथै छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । लामिछाने बयानका लागि मंगलबार नै भैरहवा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लुम्बिनीका १२ जिल्लामा नेकपाका उम्मेदवार को–को ? (सूचीसहित)

मेयरदेखि गाउँपालिका उपाध्यक्ष हुँदै कस्ता कस्तालाई टिकट दियो ?

सम्बन्धित

एमालेमा पुस्तान्तरण : १ सय ६५ मध्ये ५४ भन्दा बढी नयाँ अनुहार

लुम्बिनीका १२ जिल्लामा नेकपाका उम्मेदवार को–को ? (सूचीसहित)

मेयरदेखि गाउँपालिका उपाध्यक्ष हुँदै कस्ता कस्तालाई टिकट दियो ?

राष्ट्रिय सभा सदस्य नारायणकाजीले दिए राजीनामा, सर्लाही बाट चुनाव लड्ने

देउवा पक्ष: आज सुनुवाइ नहुने, भोलि बिदा, पर्सि मनोनयन – समयको दबाबमा बिलखबन्द

जेनजी आन्दोलनपछि राष्ट्रिय सभाको पहिलो बैठक साढे ७ मिनेट बसेर सकियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com