ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ताइवानमा ६ म्याग्निच्युडको भूकम्प, हङकङसम्म धक्का महसुस


एबीसी न्यूज
माघ ८, २०८१ मंगलबार  १२ : ४८ बजे

काठमाडौं ८ माघ । ताइवानमा ६ म्याग्निच्युडको भूकम्प गएको छ। जसको धक्का हङकङमा पनि महसुस गरिएको छ।

ताइवानमा मंगलबार मध्यराति भूकम्प गएको हो। हङकङ अब्जर्भेटरीले मध्यराति १२स्१७ बजे करिब १० किलोमिटर ९६ माइल०को गहिराइमा भूकम्प गएको बताएको छ।

यसको केन्द्रबिन्दु चियायीको दक्षिणपूर्व रहेको छ। जुन, हङकङबाट ६७० किलोमिटर पूर्वमा पर्दछ।

अब्जर्भेटरीले हङकङका बासिन्दाबाट केही सेकेन्डसम्म हल्लाएको १०० भन्दा बढी रिपोर्टहरू प्राप्त भएको बताएको छ। कम्पन घरभित्र बस्दा महसुस गर्न सकिने खालको थियो।

ताइवानमा भने भूकम्पले क्षति पुर्‍याएको छ। वास्तविक क्षति बाहिर नआइसकेको भएता पनि हालसम्म १५ जनालाई सामान्य चोटपटक लागेको पुष्टि भएको ताइवानको दमकल विभागलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्।

घाइतेमा हुनेमा एक महिनाको बच्चा पनि छन्। घाइतेहरूलाई ताइनानस्थित नान्सीमा भत्केको एक घरबाट उद्धार गरिएको सीएनएनमा उल्लेख छ।

त्यस्तै, प्रान्तीय राजमार्ग रहेको झुवेई पुलमा पनि क्षति पुगेको बताइएको छ। ताइवानको केन्द्रीय मौसम प्रशासनले भूकम्पलाई ६।४ म्याग्निच्युड रेकर्ड गरेको छ भने अमेरिकी भूगर्भ सर्वेक्षणले ६ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

सम्बन्धित

गगनसँगै उभिएर शेखर र गच्छदारले भने– गगनको नेतृत्वमा एक भयौं

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

जाँचबुझ आयोगको म्याद २५ दिन थपियो, चुनावअघि प्रतिवेदन नआउने

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

‘हल्लाको राजनीति’ हावी, मधेशका एजेन्डा संकटमा — डा. सीके राउत (भिडियोवार्ता)

झापा ५ मा ओलीको नयाँ विकास वाचा : ‘ दैलेख ग्यास उत्खनन् तत्काल, सिलिन्डरबाट मुक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com