ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आर्थिक क्षेत्रमा दुग्ध क्षेत्रको योगदान महत्वपूर्ण


एबीसी न्यूज

बुटवल, ६ पुस । नेपाल डेरी एसोसिएसनको २६औं वार्षिक साधारणसभा तथा स्थापना दिवस विशेष कार्यक्रम लुम्बिनी प्रदेशको बुटवलमा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले कृषि तथा दुग्ध क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गरिरहेको बताए । मुलुकको आर्थिक समृद्धिका लागि दुग्ध क्षेत्रको योगदान महत्वपूर्ण रहेको रहेको उनको भनाइ छ । उपभोक्ताले स्वस्थ तथा गुणस्तरीय दूध खान पाउने अधिकारलाई ख्याल गर्दै गुणस्तरीय दूध उत्पादन गर्न पनि मन्त्री पन्थीले सुझाव दिए ।

कार्यक्रममा बोल्दै नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कार्यक्रमका सभापति प्रल्हाद दाहालले एसोसिएसनले देशभरका उद्योगीलाई समेटेर दुग्ध क्षेत्रको विकासमा निरन्तर काम गरिरहेको बताए । स्थानीय तह, प्रदेश र केन्द्र सरकारसँग आवश्यक सहकार्य गर्दै एसोसिएसनले विविध गतिविधिहरु गरिरहेको उनको भनाइ छ । दुग्ध क्षेत्रको व्यावसायिक विकास र निर्यातका सम्भावनाहरुको खोजीका लागि एसोसिसन निरन्तर सक्रिय रहेको उनले बताए ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले दुग्ध क्षेत्रको समग्र विकासका लागि बोर्डले नीति नियम बनाउनेदेखि आवश्यक कामहरु गरिरहेको बताए । गुणस्तरीय दूध उपभोक्तालाई दिनुपर्ने उनको भनाइ छ । निर्यातका लागि सातै प्रदेश र संघमा बजेट बिनियोजन भइसकेको उनले जानकारी दिए । आन्तरिक र बाह्य प्रयाप्त बजार रहेको बताउँदै उनले बजारको पहिचान गर्नुपर्ने धारणा राखे । डेरी क्षेत्र प्रविधि र यान्त्रीकरणमा जानुपर्ने उनको जोड छ ।

कार्यक्रममा बोल्दै पशु सेवा विभागका उपमहानिर्देशक डा. लेखराज दाहालले पशुपालन तथा दुग्ध क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताउँदै डेरी प्रडक्टहरुको विविधीकरण गरी निर्यातमा जानुपर्ने सुझाव दिए । निर्यात बढाउनका लागि सरकारले आवश्यक पहल गरिरहेको उनको भनाइ छ ।

कार्यक्रममा रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्ण पराजुली, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, रुपन्देही व्यापार संघका केदार नेपाल, घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष गणेशप्रसाद अधिकारी, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष तेजकुमार पाठक, नेपाल डेरी एसोसिएसनका पूर्व अध्यक्षहरु सुमित केडिया, मेघराज भण्डारी, एसोसिएसनका सल्लाहकार हिरा केसी, संस्थापक सदस्य लिलाधर पन्थी, डेरी उद्योग संघका बिक्रम रिजाल, सिडिक्यानका हरि काफ्ले, लुम्बिनी विशिष्टीकृत सहकारी संघ लि.का अध्यक्ष ज्ञानु पौडेल, नेपाल डेरी एसोसिएसनका महासचिव हेमचन्द्र खनाल, प्रदेश अध्यक्ष एवं कार्यक्रम संयोजक थानेश्वर न्यौपाने लगायतले दुग्ध क्षेत्रको योगदान र सम्भावनाहरुको बारेमा चर्चा र्दै २६औं स्थापनाको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

कार्यक्रममा एसोसिएसनका देशभरका २ सय भन्दा बढी सदस्यहरुको उपस्थिति रहेको एसोसिएसनका सहसचिव शिव भुसालले जानकारी दिए । कार्यक्रममा डेरी क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने विभिन्न उद्योग तथा व्यक्तिहरुलाई सम्मानसमेत गरिएको थियो ।

एसोसिएसनको साधारणसभाले महासचिव, कोषाध्यक्ष र प्रदेश अध्यक्षहरुको प्रतिवेदन माथि छलफल गरी सर्वसम्मत पारित भएको छ । एसोसिएसनको साधारणसभाले ‘नेपाल डेरी एसोसिएसन युवा मञ्च’ गठन गर्ने निर्णय गरेको छ । सातै प्रदेशमा कोल्ड स्टोर स्थापना गर्ने र पाउडर प्लान्ट नभएका प्रदेशमा प्लान्ट स्थापनामा पहल गर्ने एसोसिएसनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन : सञ्जालको आँधीबाट सिंहदरबारसम्मको यात्रा, ‘खोला किनार, फुटपाथ र फोहोरले अझै प्रश्न गरिरहेछन्’

नैतिक प्रश्नको घेरामा स्थानीय नेतृत्वः सांसद बन्ने लोभमा तीन मेयरको राजीनामा

सम्बन्धित

ताप्लेजुङमा योगेशले पाएनन् टिकट, क्षितिज थेबे उम्मेदवार

बालेन : सञ्जालको आँधीबाट सिंहदरबारसम्मको यात्रा, ‘खोला किनार, फुटपाथ र फोहोरले अझै प्रश्न गरिरहेछन्’

क-कसलाई लाग्नेछ निर्वाचन आचारसंहिता ?

सर्वोच्चले उल्ट्यायो खोला किनारको २० मिटर मापदण्ड : काठमाडौंका नदी–खोला क्षेत्रमा अब निर्माण सहज

धरानमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, दुई दर्जन बढी घाइते

आज रातिदेखि निर्वाचन आचारसंहिता लागू हुँदै, आयोगले सरकारलाई गरायो जानकारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com