ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आजबाट इजरायल–हमास युद्धविराम (इजरायल–हमास युद्ध सुरु भएदेखिका मुख्यमुख्य घटनाक्रम)


एबीसी न्यूज
माघ ६, २०८१ आईतबार  ७ : २९ बजे

काठमाडौं, ६ माघ । काठमाडौं । इजरायल र हमासबीच भएको युद्धविराम सम्झौता आजदेखि कार्यान्वयन सुरु भएको छ । शनिबार बिहान इजरायलको मन्त्रिपरिषदले दुई पक्षबीच भएको युद्धविराम सम्झौतालाई अनुमोदन गरेपछि युद्धविराम कार्यान्वयनमा आएको हो ।

अधिकारीहरुका अनुसार यो युद्धविराम सम्झौता तीन चरणमा पूरा हुने छ । यसअवधिमा प्यालेस्टिनी र इजरायली बन्धक रिहा गरिने छ ।

पहिलो चरण

युद्धविरामको पहिलो चरणमा १९ जनवरीदेखि १ मार्चसम्म हुने छ । पहिलो चरणमा इजरायलको जेलमा बन्द प्यालेस्टिनी रिहा हुनेछन् । त्यसको बदलामा ३३ इजरायली बन्धक रिहा हुनेछन् । इजरायली सेना सात सय मिटर पछि हट्ने छन् ।

यसअघि इजरायलको न्याय मन्त्रालयले पहिलो चरणमा ७३७ प्यालेस्टिनी रिहा हुने जनाएको थियो । यद्यपि त्यसको पूर्णसूची सार्वजनिक भइसकेको छैन । तर मन्त्रालयले आइतबार ६९ महिला, १६ पुरुष र १० नाबालिगलाई मुक्त गर्ने जनाएको छ ।

इजरायलले हरेक दिन आफ्नो एक बन्धकको बदलामा ३३ प्यालेस्टिनीलाई रिहा गर्ने प्रतिबद्धता जनाएको छ । यसैगरी एक महिला सैनिकको बदलामा ५० प्यालेस्टिनीलाई रिहा गर्ने छ ।

दोस्रो चरण

युद्धविरामको पहिलो चरण सबै ठिकठाक कार्यान्वयन भएमा दोस्रो चरणका लागि वार्ता सुरु हुनेछ । यस क्रममा दुवैपक्षबाट कुनै पनि आक्रमण नगर्ने, राहत सामग्री आपूर्ति गर्ने र बन्दी रिहाइ जारी राख्ने सहमति भएको छ ।

युद्धविरामको क्रममा इजरायलले कूल १ हजार बढी प्यालेस्टिनीलाई रिहा गर्ने छ । रिहा हुनेहरुको सूचीमा १५ वर्षदेखि इजरायलमा बन्दी जीवन बिताइरहेकाहरु पनि रहेका समाचार एजेन्सीहरुले जनाएका छन् ।

तेस्रो चरण

तेस्रो चरणमा इजरायलको आक्रमणबाट ध्वस्त गाजा क्षेत्रमा पुनर्निर्माण सुरु हुनेछ । पुनर्निर्माणको काम ३ देखि ५ वर्षभित्र सक्ने लक्ष्य छ । यसक्रममा कब्जा लिइएको अवस्थामा मृत्यु भएका बन्धकहरुको शव पनि आदान–प्रदान गरिने छ ।

युद्धविराम सम्झौता कार्यान्वयन अमेरिकासहित चार देशका प्रतिनिधिहरुले निगरानी गर्ने छन् । निगरानीका लागि अमेरिका, इजिप्ट, कतार र इजरायलका प्रतिनिधि रहेको एक संयुक्त कार्यालय समिति गठन गरिएको छ । मानवअधिकारवादी संस्थाहरुले पनि आफ्नो ढंगले निगरानी जारी राख्ने बताइएको छ । लामो समयपछि युद्ध बन्दीहरु रिहा हुन लागेको खबरले उनीहरुका आफन्त हर्षित र भावुक देखिएका छन् । शनिबार इजरायलको राजधानी तेल अभिभमा महिलाहरु भेला भएर आफ्ना आफन्तका लागि प्रार्थना गरिरहेको देखिएको थियो ।

सन् २०२३ को अक्टुबर ७ मा इजरायली भूमिमा छिरेर हमासले आक्रमण गर्दा १० नेपालीसहित १ हजार २०० जनाको मृत्यु भएको थियो नेपालका विपिन जोशीसहित २५० भन्दा बढीलाई बन्धक बनाएर लगेको थियो । त्यसको केही घण्टापछि इजरायली सेनाले हमासविरुद्ध गाजा क्षेत्रमा आक्रमण गरेको थियो । यस आक्रमणबाट ४६ हजार जनाको मृत्यु भइसकेको छ ।

१५ महिना लामो युद्धपछि सन् २०२५ जनवरी १५ मा इजरायल र हमासबीच युद्धविराम सहमति भएको थियो ।

इजरायल–हमास युद्ध सुरु भएदेखिका मुख्यमुख्य घटनाक्रम

७ अक्टुबर २०२३ स् हमास लडाकुले गाजा क्षेत्रबाट इजरायलमा घुसेर आक्रमण गरे ।

७ अक्टुबर स् लेबनान र हिजबुल्लाहले इजरायलमा हमला गरेर यो प्यालेस्टिनीको समर्थनमा भएको बताए ।

१३ अक्टुबर स् इजरायलले आक्रमण सुरु गर्न लागेको भन्दै गाजा क्षेत्रका बासिन्दालाई दक्षिणतर्फ जान भन्यो । यसबाट गाजा क्षेत्रका पूरै बासिन्दा विस्थापित भए ।

१९ अक्टुबर स् एक अमेरिकी नौसेनाको जहाजले यमनबाट इजरायलतर्फ प्रहार गरिएको ड्रोनलाई विफल पार्यो । यमनले इरान समर्थित हुथी विद्रोहीले इजरायल र लाल सागर क्षेत्रको बन्दरगाहमा आक्रमण जारी राखे ।

२१ अक्टुबर स् मानवीय संकट गहिरिँदै गएपछि इजिप्टले गाजामा राफा सीमा क्षेत्रबाट राहत सामग्री पुर्याउने अनुमति दियो ।

२७ अक्टुबर स् इजरायलले गाजामा पहिलोपटक स्थल हमला सुरु गर्‍यो ।

१५ नोभेम्बर स् हमासले प्रयोग गरेको भनेर इजरायली सेनाले गाजाको सबैभन्दा ठूलो अस्पताल अल शिफा कब्जा गर्‍यो । त्यसको केही हप्तामै गाजाका सबै अस्पताल बन्द भए ।

२१ नोभेम्बर स् इजरायल र हमासले ७ दिनका लागि युद्धविराम घोषणा गरे । आधा बन्धकहरुलाई रिहा पनि गरे ।

१ डिसेम्बर स् युद्ध पुनः सुरु ।

२६ जनवरी २०२४ स् हेगस्थित अन्तर्राष्ट्रिय अदालतले नरसंहार रोक्न इजरायललाई आदेश

२९ फेब्रुअरी : राहत सामग्रीका लागि लाइनमा उभिएका १०० भन्दा बढी गाजा निवासी इजरायली सेनाको आक्रमणमा मारिए ।

७ मार्च स् गाजामा भोकमरी र खाद्य संकटका बीच राहत सामग्री पुर्‍याउन अस्थायी बन्दरगाह बनाउने अमेरिकी राष्ट्रपति जो बाइडको घोषणा ।

१ अप्रिल : दमास्करस्थित इजरानी दूतावास परिसरमा पनि इजरायलले गरेको आक्रमणबाट सैन्य अधिकारीहरुको मृत्यु । जवाफमा इरानबाट पनि इजरायलमाथि सयौं मिसाइल प्रहार ।

५ मे :युद्धविरामको प्रस्ताव स्वीकार गर्ने हमासको प्रतिबद्धता । इजरायलद्वारा अस्वीकार । युद्ध जारी ।

२३ जुन : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुद्वारा गाजामा हमासविरुद्धको लडाइँ समाप्त हुने चरणमा रहेको घोषणा ।

२५ जुन : ग्लोबल हंगर मोनिटरदवार गाजामा अकालमा मृत्यु हुने जोखिम बढेको चेतावनी ।

२ जुलाई : इजरायलद्वारा खान युनिस र रफाह शहरका बासिन्दालाई सो क्षेत्रबाट हट्न निर्देशन । युद्ध सुरुवात भएदेखिकै सबैभन्दा ठूलो निर्देशन भएको संयुक्त राष्ट्रसंघको प्रतिक्रिया ।

२७ जुलाई : हिजबुल्लाहको रकेट आक्रमणबाट इजरायलको कब्जामा रहेको गोलन हाइट्समा बालबालिकासहित १२ जनाको मृत्यु ।

१ अगष्ट : हमासका सैन्य प्रमुख मोहम्मद देइफलाई मारेको इजरायली सेनाको दाबी । हमास प्रतिक्रियाविहीन ।

१७ सेप्टेम्बर :  लेबनानमा हिजबुल्लाहले प्रयोग गर्ने विष्फोटक पदार्थसहितका उपकरण नष्ट गरेको इजरायलको दाबी ।

२८ सेप्टेम्बर : इजरायलको हवाई हमलाबाट लेबनानको राजधानी बेरुतमा हिजबुल्लाहका नेता हसन नरसल्लाहको मृत्यु ।

५ अक्टुबर : इजरायली सेनाले उत्तरी गाजा क्षेत्रमा हमासविरुद्ध अझै ठूलो सैन्य अभियान सन्चालन ।

१५ जनवरी २०२५ : १५ महिना लामो संघर्षपछि इजरायल र हमासबीच युद्धविराम गर्ने सहमति ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

सम्बन्धित

गगनसँगै उभिएर शेखर र गच्छदारले भने– गगनको नेतृत्वमा एक भयौं

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

जाँचबुझ आयोगको म्याद २५ दिन थपियो, चुनावअघि प्रतिवेदन नआउने

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

‘हल्लाको राजनीति’ हावी, मधेशका एजेन्डा संकटमा — डा. सीके राउत (भिडियोवार्ता)

झापा ५ मा ओलीको नयाँ विकास वाचा : ‘ दैलेख ग्यास उत्खनन् तत्काल, सिलिन्डरबाट मुक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com