ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेट्रोलियम मोडलमै रमाएको मारुती सुजुकी अब विद्युतीयमा, पहिलो विद्युतीय ‘ई-भिटरा’


एबीसी न्यूज
माघ ५, २०८१ शनिबार  १२ : ४७ बजे

काठमाडौं ५ माघ ।  पेट्रोलियम गाडी उत्पादनमै प्राथमिकता दिएको मारुती सुजुकीले आफ्नो पहिलो विद्युतीय मोडल सार्वजनिक गरेको छ। भारत अटो मोविलिटी २०२५ मा ई–भिटरा गाडी शोकेस गरेको हो।

मारुती सुजुकीले ‘ई फर मी’ रणनीतिमा विद्युतीय गाडी तयार गरेको छ। विश्वव्यापी रुपमा सन् २०२४ मा इटालिमै शोकेस गरिएको थियो। सुजुकी ई–भिटरा ग्लोबल मोडलको रुपमै उत्पादन हुँदैछ।

भिटरामा ४९ किलोवाट आवर र ६१ किलोवाट आवरको ब्याट्रि प्याक छ। गाडी एक पटकको चार्जमा ५०० किमी गुड्ने अनुमान गरिएको छ। ४९ किलोवाट आवरको ब्याट्रि रहेको गाडीले १४२ बीएचपी र १८९ एनएम टर्क जेनेरेट गर्छ। ६१ किलोवाट आवरको ब्याट्रिमा जडित मोटरले १७४ बीएचपी र १८९ टर्क जेनेरेट गर्छ।

 

‘हामी अबको १ वर्षभित्र विद्युतीय गाडी उत्पादनमा नम्बर १ हुने लक्ष्यका साथ उत्पादन गरिरहेका छौं,’ मारुती सुजुकी इन्डियाका प्रवन्ध निर्देशक तथा सिइओ हिसासी टकेचीले भने, ‘ई–भिटरा उत्पादनलागि मात्रै २१ अर्ब भारतीय रुपैयाँ खर्च गरेका छौं।’

ई–भिटरा फोरह्वील ड्राइभमा उपलब्ध हुने छ। कम्पनीले अटो एक्स्पोमा उत्पादनको लागि तयार पारिएको मोडल देखाएको छ। गाडी आधिकारिक रुपमा भने केही महिनापछि मात्रै सार्वजनिक हुनेछ। गाडीको मुल्य १७ लाख भारतीय रुपियाँ हुने अनुमान गरिएको छ। गाडी १८ इन्च र १९ इन्चको अल्वेह्विमा आउने छ।

भारतको गुजरात प्लान्टमा निर्माण भैरहेको ईभिटरा गाडीको ग्राउन्ड क्लियरेन्स १८० एमएम रहेको छ। गाडीको लम्बाई ४, ४२७५ एमएम, चौडाई १८०० एमएम, उचाई १६३५ रहेको छ। भारतमा उत्पादन भएको मोडल नै विश्वका १०० बढी देशमा निर्यात गर्ने तयारी गरेको छ। युरोप र जापानमा समेत भारतमै उत्पादिन मोडल निर्यात हुनेछ।

गाडीमा १०।१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ३६० क्यामेरा, लेभल २ एडास सेफ्टी फिचर्स छन्। ई–भिटराले टाटाको कर्भ, हुन्डाई क्रेटा ईभी, एमजी जेटएस, महिन्द्रा बीई ६ संग प्रतिस्पर्धा गर्नेछ।

भारतमा मार्च महिनामा सार्वजनिक भए नेपालमा नाडा अटो एक्स्पो वा दशैंसम्म सार्वजनिक हुनेछ। नेपालमा सुजुकीको आधिकारिक विक्रेता सुजुकी मोटोकर्पले भारतमा सार्वजनिक भएको मोडल नेपाल भित्रने जानकारी दिइसकेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

सम्बन्धित

गगनसँगै उभिएर शेखर र गच्छदारले भने– गगनको नेतृत्वमा एक भयौं

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

जाँचबुझ आयोगको म्याद २५ दिन थपियो, चुनावअघि प्रतिवेदन नआउने

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

‘हल्लाको राजनीति’ हावी, मधेशका एजेन्डा संकटमा — डा. सीके राउत (भिडियोवार्ता)

झापा ५ मा ओलीको नयाँ विकास वाचा : ‘ दैलेख ग्यास उत्खनन् तत्काल, सिलिन्डरबाट मुक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com